डिआइजी बोहोरा र एसपी रानामगरलाई हिमाली साँस्कृतिक परिवारद्धारा स्वागत
/७ श्रावण २०७५, सोमबार ०८:१३ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । नेपाली लोक सँस्कृति संरक्षण, सम्वद्र्धन र विकास अभियानमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक डिआइजी दानसिंह बोहोरा र कास्की जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक एसपी ओमबहादुर रानामगरलाई आइतवार स्वागत सम्मान गरेको छ।
केही समय अघी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीका साथ आउनुभएका डिआइजी बोहोरा र जिल्ला प्रहरी प्रमुख एसपी राना मगरलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य टिका कार्की, मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकारहरु, कार्यसमिति तथा कलाकारहरुले माला र खादाद्धारा स्वागत सम्मान गरिएको हो।
स्वागत ग्रहण पश्चात बोल्नुहुदै डिआइजी दानसिंह बोहोराले स्वागत सम्मानले आफुहरुलाई मुलुक र जनताको सेवा समर्पित हुन थप प्रोत्साहन मिलेको बताए। उनले शान्ति सुव्यवस्थाका लागि नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउदै शान्ति अमनचयन रहेको समृद्ध प्रदेश निर्माणका लागि सबैको साथ सहयोगको अपेक्षा गरेको बताए।
हिमाली साँस्कृतिक परिवारले नेपाल लोक सँस्कृतिको विकासमा पुर्याउदै आएको योगदानको प्रसंसा गर्नुहुदै डिआइजी बोहोराले हिमालीलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
शुभेच्छा न्यूज
पोखरा । नेपाली लोक सँस्कृति संरक्षण, सम्वद्र्धन र विकास अभियानमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक डिआइजी दानसिंह बोहोरा र कास्की जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक एसपी ओमबहादुर रानामगरलाई आइतवार स्वागत सम्मान गरेको छ।

Related