पोखरा।कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्ति प्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ । सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानुनमन्त्रीको पुत्ला दहन गरेको थियो । काँग्रेस कार्यालयबाट निस्किएको ¥याली विपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानुनमन्त्रीको अभिब्यक्ति गैर जिम्मेवार भएको टिप्पणी गरे । ‘दक्षता प्राप्त गर्न बंगलादेश गएका चेलीलाई यस्तो आरोप लगाउनु गम्भीर बिषय हो उनले भने–। मन्त्रीले नै सार्वजनिक रुपमा यस्ता अभिब्यक्ति दिनु सामान्य लिनु हुँदैन ।
महिला संघ पोखरा महानगर समितिकी सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रम विमला भण्डारीले सञ्चालन गरेकी थिईन् । बर्तमान सरकार जनताप्रति अनुदार हुँदै गएको भन्दै बरालले जतिसक्दो छिटो डा. गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गरिन् । उनले सरकारको गतिविधि नसच्चिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिईन् ।
दुर्गा प्रसाईंले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरुप्रति आपत्तिजनक आपत्ति दिएको भन्दै देशब्यापी विरोध भैरहेको छ . Dna nepal

Related