पोखराको मुस्ताङ्गचोक देखि सिद्धार्थ राजमार्गमा पर्ने पुम्दी सम्म ४ लेनको सडक बन्ने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा महानगरपालिकाको वडा नम्वर १७ को सिमा क्षेत्र मुस्ताङ्गचोक देखि सिद्धार्थ राजमार्गमा पर्ने पुम्दी सम्म ४ लेनको सडक छिटैं निर्माण हुने बताएका छन।
पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामा निर्मित बुढानिलकण्ठको मुर्ति अनावरण गर्ने कार्यक्रमा सहभागी हुन् पोखरा आएका मन्त्री अधिकारीले मुस्ताङ्गचोकदेखि पुम्दि सम्म चार लेनको फराकिलो पेटी र ग्रिनेरी सहितको आकर्षक सडक ७० करोडको लागतमा निर्माण हुन गइरहेको बताए। उनका अनुसार यसै बर्षबाट सो योजना कार्यान्वयनमा आउने छ।
मन्त्री अधिकारीले नेपालले अन्तराष्ट्यि उडानको लागि बोइड. गरिद गरेको बताउदै नेपाली ध्वजा बहाक बिमानले विभिन्न देशहरुमा उडान गर्ने बताए। बिमान सेवा सञ्चालन भएपछि भारत र चीन जान धेरै समय नलाग्ने बताए। भारत र चीनको विभिन्न शहरहरुको लागि देशका विभिन्न विमान स्थलबाट सिधै बिमान सञ्चालनमा ल्याउने उनले बताए।
पोखरा महानगरपलिका वडा नम्वर १७ का अध्यक्ष्य तिर्थराज अधिकारीले पोखरामा आउने पर्यटकका लागि डेभिड फल्स र गुप्तेश्वर गुफा प्रमुख गन्तब्य बनेको बताए। उनले डेभिड फल्स र गुप्तेश्वर गुफालाई अझै आकर्षणको केन्द्रविन्दु बनाउन सकिने धारणा राखे ।
Related