• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका बालक तीनदिन देखि बेपत्ता

  •      /८ श्रावण २०७५, मंगलवार ११:०३ ,  प्रकाशीत
  • पोखरा — पोखराको जिरो किलोमिटरमा बस्दै आएका १३ वर्षीय अन्जान पराजुली आइतबार साँझदेखि बेपत्ता भएका छन् । साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका उनी अहिलेसम्म नफर्केको र कुनै सम्पर्कमा पनि नरहेको परिवारले जनाएको छ ।

    स्थानीय स्टेप वाई स्टेप स्कुलमा ८ कक्षामा अध्ययनरत अन्जान आइतबार साँझ साढे ५ बजेतिर घरबाट निस्किएका थिए । उनले एउटा मोबाइल, ४ हजार नगद, झोला र एकजोर कपडा पनि साथमै लगेका छन् ।
    गहुँगोरो वर्णको, ५ फिट उचाई, निधारमा खत भएको, कालो ज्याकेट, हरियो बुट्टे कमीज, हाफ जिन्स पाईन्ट, कालो सेतो जुत्ता लगाएका छन् ।अन्जानका बाबु टीकाराम र आमा रीता सिर्जनाचोकस्थित आफ्नै फोटो स्टुडियोमा काम गर्छन् । उक्त दिन पनि अन्जानले मोबाइलमा सम्पर्क गरी साथीको बर्थडेमा जाने भनेका थिए ।
    तर पछि बुझ्दा उनका कुनै पनि साथीको बर्थडे नभएपछि परिवारजन थप चिन्तित बनेका हुन । आफन्त मेघनाथ दाहालका अनुसार सोही साँझ ७ बजेतिर अन्जानले लगेको ९८०६७८१२२२ मोबाईलमा दमौलीमा फेसबुक चलाएको पाइएपछि सबैतिर खोजी तीब्र पारिएको छ । पारिवारिक स्रोतका अनुसार एक अपरिचित युवक केही दिनदेखि अन्जानको घर वरपर देखिएका थिए ।
    कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बालक हराएको सूचना पाउनसाथ खोजी कार्य सुरु गरिएको र विभिन्न जिल्लामा पनि हुलियासहित जानकारी गराइएको बताए । ‘पोखराबाट भैरहवा जाने गाडी चढेको भन्ने अपुष्ट खबरका आधारमा हामीले सोही अनुसार तत्काल खोजी गरियो,’ उनले भने, ‘नाका र अन्य जिल्लाहरुमा पनि खबर भएको छ ।
    खोजी कार्यलाई तीब्र बनाएका छौं ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि मातहतका जिल्लालाई खोजी गर्न निर्देशन दिएको छ ।
    लालप्रसाद शर्मा

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.