गोरखा । गोरखा नगरपालिकाले गोरखाका बिभिन्न सात ठाउँमा फ्री वाईफाई जडान गरिने भएको छ । नगरपालिकाले गारखामा पर्यटकहरुको आकर्षणका लागि बिभिन्न ठाउँहरुमा फ्री वाईफाई जडान गर्ने भएको हो ।
गोरखामा फ्री वाईफाई जडानका लागि कुल १० लाख रुपैँया बजेट छुट्टाईएको गोरखा नगरप्रमुख राजनराज पन्तले जानकारी दिए । ‘अहिले नगरपालिका गोरखालाई एउटा पर्यटकीय नगरीको रुपमा स्थापीत गर्ने उदेश्यले लागिपरेको छ’ पन्तले भने ‘पर्यटकहरु लाई आकर्षीत गर्नका लागि पनि गोरखामा फ्री वाईफाई बनाउनु आबश्यक छ ।
हामीले दशैँ अघिसम्म त्यो काम सम्पन्न गर्छैँ ।’ अहिले गोरखाका कुन कुन ठाउँमा वाईफाई राख्ने भन्ने कुरा सर्बेक्षण भईरहेको छ । गोरखानगरपालिकाले यस आर्थीक बर्ष २०७५÷०७६ को बर्षको अधिकांश बजेटहरु पर्यटन प्रबर्धनमा बिनियोजन गरेको पन्तले जानकारी दिए ।
‘हामी आगामि भदौ महिनादेखि वाईफाई जोड्ने काम सुरु गर्छाैँ’ पन्तले भने ‘गोरखामा पर्यटन प्रबधनका लागि फ्री वाईफाई मात्रै नभई अन्य कार्यक्रमहरु ल्याएका छौँ । जुनसुकै परिस्थीतीमा पनि हामीले गोरखालाई पर्यटकीय नगरी बनाएर छाड्छौँ ।’
गोरखा नगरपालिकालाई पर्यटकीय नगरी बनाउन सकेमा यहाँको आर्थीक सम्बृद्धि हुन सक्ने उनले बताए ।
शुभेच्छा न्यूज

Related