काठमाडौ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई जथाभावी रकम बाँडिएको हो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ।
पाँच महिनामा कुल ६ करोड ८४ लाख ३ हजार १ सय ७७ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायताका नाममा वितरण भएको छ । सरकारले पछिल्लोपटक असारमा फरार अभियुक्त वृजकिशोर गिरीको औषधि उपचार गर्दा लागेको खर्चबापत सम्बन्धित निकायलाई २ लाख ८८ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
यस्तै असार ३ गते मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौंको सेल्टर आश्रमलाई आर्थिक सहायता उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयका नाममा २० लाख ५८ हजार ३ सय १६ रुपैयाँ निकासा गरेको छ।गत असार २० गते मन्त्रिपरिषद् बैठकले एकै दिन विभिन्न व्यक्तिलाई ६९ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १० लाख, झापाका भम्पा राईलाई १० लाख, झापाकै अमिषा बस्नेतलाई २० लाख, पाँचथरका लक्ष्मीप्रसाद सुहाङलाई ३ लाख, झापाका देवीप्रसाद बराललाई ३ लाख, ताप्लेजुङका ताराहाङ लिम्बुलाई ३ लाख, पूर्वसांसद डिलबहादुर नेपालीलाई ५ लाख, हरिशरण लामिछानेको नजिकका हकदारलाई १० लाख र धरानका जुगल सुब्बालाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयका नाममा रकम निकासा भइसकेको छ।
सरकारले असार २४ गते गरेको निर्णयअनुसार अखिल नेपाल कबड्डी संघलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत १५ लाख रुपैयाँ रकम आर्थिक सहायता शीर्षकमा निकासा भएको छ ।
यस्तै असार २४ गते मन्त्रिपरिषद् बैठकले युवा संघ नेपालको आयोजनामा विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल मिटिडङका लागि आर्थिक सहायतास्वरूप २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
उक्त रकम अर्थ मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालयमार्फत निकासा गरेको छ।प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।सरकारले जेठ २० गते चारजनालाई ४३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार उक्त रकम अर्थले गृहको नाममा निकासा गरिसकेको छ।जेठ २० गते मन्त्रिपरिषद्ले मिमाङ तेम्वे मालापथलाई १२ लाख, नरेन्द्रराज पोखरेललाई ६ लाख, खगेन्द्र चुडाललाई १५ लाख र श्रीचन्द्र शर्मालाई १० लाख रुपैयाँ औषधि उपचारबापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।
सरकारको वैशाख २४ गतेको निर्णयअनुसार चितवन भरतपुर निवासी ध्रुव घिमिरेलाई उपचार खर्चबापत ७ लाख रुपैयाँ गृह मन्त्रालयमार्फत उपलब्ध गराइएको छ।गत वैशाख ११ गतेको सरकारको निर्णयअनुसार विराटनगरका लव प्रधानलाई १० लाख र विश्वेश्वरा दाहाललाई ७ लाख रुपैयाँ आर्थिक सहयाता गृह मन्त्रालयमार्फत उपलब्ध गराइएको छ ।

Related