• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले ५ वर्ष भित्र देशका बिभिन्न स्थानमा ७ सुरुङमार्ग निर्माण गर्ने

  •      /९ श्रावण २०७५, बुधबार ११:४१ ,  प्रकाशीत
  • काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा विभिन्न ७ स्थानमा गरी कुल २० किलोमिटर (किमी) सुरुङमार्ग निर्माण गर्ने भएको छ ।
    चालू आव २०७५/७६ को ‘नीति तथा कार्यक्रम’ र बजेट कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको ५ वर्षे रणनीतिमा सो लक्ष्य राखिएको छ । ती दुईमा उल्लिखित विषयको प्रभावकारी कार्यान्वयनको लक्ष्यसहित मन्त्रालयले त्यस्तो रणनीति बनाएको हो ।
    मन्त्रालयबाट निर्माण हुने विभिन्न सडक, पुल, सुरुङमार्ग, जलमार्गलगायत विषयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न रणनीति बनाएर अघि बढेको मन्त्रालयले बताएको छ ।

    रणनीतिअनुसार चालू आवमै नागढुङ्गादेखि नौबीसेसम्म २ दशमलव ६ किलोमिटर खण्डमा सुरुङमार्ग निर्माण कार्य थालिनेछ । यस्तै ५ वर्षभित्र टोखा–छहरे, कोटेश्वर–जडीबुटी, थानकोट–चित्लाङ, खुर्काेट–चियाबारी, सिद्धबाबा र खुट्टिया–दिपायलमा पनि सुरुङमार्ग निर्माण गरी सञ्चालन गरिने रणनीतिमा उल्लेख छ ।

    त्यसका लागि चालू आवदेखि नै उल्लिखित सबै स्थानका सुरुङमार्ग निर्माणका लागि अध्ययन शुरू गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।

    रणनीतिमा आव २०७९/८० सम्ममा ३ ओटा नदीमा कुल २ सय किमी जलमार्ग सञ्चालनमा ल्याउने लक्ष्य पनि समेटिएको छ । त्यसअन्तर्गत कोशी नदीमा ७० किमी, गण्डकीमा ६० किमी र कर्णालीमा ७० किमी जलमार्ग सञ्चालन गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

    मन्त्रालयले जलमार्ग सञ्चालनका लागि ५ वर्षभित्र कानूनको परिमार्जनका साथै संस्थागत व्यवस्था पनि गर्ने बताएको छ । मन्त्रालयका अनुसार सचिव मधुसूदन अधिकारीले मन्त्रालयको बैठकमा पाँचवर्षे कार्ययोजना रणनीति र कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै ती काम समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

    त्यसमा यातायात सेवालाई भरपर्दाे बनाउनुका साथै रूट इजाजत, इजाजत दिनेलगायत कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषय पनि छन् ।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले सोही रणनीतिअनुसार नीति तथा कार्यक्रम तथा बजेटका उल्लिखित कामहरू अघि बढाउने तयारी गरिएको बताए । रणनीतिमा कलात्मक पुल, सडकको रेखाङ्कन परिमार्जन र सडक क्षेत्रफल अतिक्रमण हुनबाट बचाउने विषय छन् ।

    यस्तै चालू आवमै जलमार्गको कानूनी र नीतिगत काममध्ये ७५ प्रतिशत काम सक्ने नीति मन्त्रालयले लिएको छ । सङ्घीय सरकारले सार्वजनिक गरेका र महत्त्वाकाङ्क्षी ठानिएका केही आयोजना कार्यान्वयनका लागि मन्त्रालयले अहिले स्पष्ट रणनीति अघि सारेर गृहकार्य अघि बढाएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.