कृष्ण अन्जान ज्ञवाली लामाचौर । पोखरा महानगरपालिकाको लामाचौर स्थीत ठुलि पोखरीमा वनेको मीन्दरमा नर्मदेश्वर महादेवको मुर्ति स्थापनाका साथै जलेश्वर नामाकरण गरिएको छ ।
लामाचौर क्षेत्रलाइ सुन्दर,पर्यटकिय र धार्मीक क्षेत्रको रुपमा विकास गर्ने अभियानस्वरुप धार्मीक मठमन्दिरको पुर्ननिर्माणको क्रममा ठुलिपोखरिको विचमा मन्दिर निर्माण गरि जलेश्वर महादेव नामाकरण गरिएको हो ।
लामाचौरलाइ धार्मीक पर्यटकीय गन्तव्य वनाउने अभियानकै रुपमा यस क्षेत्रका सवै धार्मीक मठ मन्दिरहरुको पुर्न निर्माण गरी धार्मीक स्थलहरु सम्म सडक पुर्याएर धार्मीक क्षेत्रलाइ जोडने लक्ष वडानम्वर १९ले लिएको छ।
।लामाचौर र बाटुलेचौरको दोसांधमा रहेको ठुलिपोखरी कुलमण्डन शाहका पालामा खनिएको एतिहासिक पोखरी भएको स्थानीयले जानकारी दिएका छन।
एतिहासिक रुपमा अध्ययन गर्दा कास्कीका राजा कुलमण्डन शाहले हिउंदको जाडो छल्न बाटुले चौरलाइ सदरमुकाम वनाएको र सदरमुकामका लागि गाई, भैंसि, घोडा आदि जनावरकालागि नुहाउन र खानेपानिको आवस्यक्ता पुरागर्न तत्कालिन अवस्थामा पोखरी खनाइ करिव सात किलोमिटर टाढा भोटिखोलावाट कुलो बनाएर कुलाको माध्यमवाट पानि भर्ने गरेको किम्वदन्ती छ।
तत्कालिन अवस्थामा नै कालि खोला र सेति नदि भासिए पछि भुनपरेदेखि पोखराको दिप सम्मका पानिको अत्यन्तै अभाव भएका कारण पानिको सहज आपुर्तिका लागि यस पोखरी खनिएको इतिहास छ।
तत्कालिन लामाचौरका सुव्वा रणबहादुर खत्रीको परिवारले व्यक्तिगत खर्चमा सो पोखरीको मर्मत संभार गराएको जानकारहरु बताउछन्। यसै ठुलिपोखरीको डिलमा रिपुमर्दन खत्रि क्षेत्रिले प्रत्येक वर्ष नागपञ्चमीका दिन नाग पुजा गर्दे आएको देखेर उनका सन्ततीले पनि नागपुजा गर्दै अएका छन ।
वाइसे चौविसे राजा कुलमण्डन शाहको इतिहास बोकेको ठुलिपोखरीको पुर्ननिर्माणमा यतिबेला ठुलिपोखरी संरक्षण एवं विकास समिती जुटेको छ ।
संरक्षण समितीका सचिव तथा स्थानिय समाज सेवि सविन जिशिका अनुसार गुरु योजना भित्र काठमाण्डौको रानिपोखरी जस्तै पोखरीको विचमा मन्दिर बनाइएको छ । पोखरी छ फिट गहिरो बनाएर सफा र स्वच्छ पानी जम्मा पारिएको छ।
सबिनका अनुसार पोखरी पुर्ननिर्माण को काम ९० प्रतिसत सकिएको छ । मन्दिरमा शिवलिंग समेत स्थपना भइ सकेको छ ।
लामाचौर क्षेत्रका ऐतिहासीक अकलामन्दिर लक्ष्मिनारायण मन्दिर ,सु्रथेश्वर शर्वेश्वर शिवालय मन्दिर व्यवस्थापन समिती ,चमेरेगुफा महेन्द गुफाका समितीहरुसंग समन्वयगरी पोखरी संरक्षण अभियान लाइ जारी राखिने उनले बताए।
करिव चारकरोड रुपैयाँ लाग्ने अनुमान गरीएको यस आयोजनाका लागी पर्यटन मन्त्रालयबाट १५ लाख निकासा भएको थियो। त्यस रकमले पोखरीको पिंध सम्याउने, वाल लगाउने काम खर्च गरिएको छ भने पोखरा लेखनाथ महानगरपालिका ,स्थानिय संघ सस्था समाजसेविको सहयोगमा निर्माण कार्य अगाडि बढेको छ।
पोखरी करीव छ रोपनि क्षेत्रफलमा फैलिएको छ। यति ठुलो क्षेत्रमा फैलिएको पोखरीको पुर्ननिर्माण र मर्मतका लागि छुट्टाइएको वजेट अत्यन्त न्यून भएकाले थपरकम जुटाउन समिती लागिपरेको सबिनले जनाकारी दिए।
कृष्ण अन्जान ज्ञवाली
लामाचौर । पोखरा महानगरपालिकाको लामाचौर स्थीत ठुलि पोखरीमा वनेको मीन्दरमा नर्मदेश्वर महादेवको मुर्ति स्थापनाका साथै जलेश्वर नामाकरण गरिएको छ ।

Related