• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा १७ मा राजश्व संकलन सुरु

  •      /९ श्रावण २०७५, बुधबार १५:४८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । पोखरा  महानगरपालिकाको – १७ मा बुधबारदेखि कर र राजश्व संकलन कार्य सुरु भएको छ । वडा नम्बर १७ को राजश्व तथा कर संकलन काउन्टरको उद्घाटन मेयर मानबहादुर जिसीले गरे । मेयर जिसीले एकीकृत सम्पत्ति कर बुझाउने पहिलो करदाता टीकाबहादुर द्वारे र घरनक्साको राजश्व बुझाउने लीला शर्मालाई रशिद दिएर कर र राजश्व संकलन कार्यको शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा बोल्दै मेयर जिसीले महानगरको सेवालाई जनताको घर/घरमा पु¥याउन लागि परेको बताए । ‘३३ वटै वडालाई प्रविधिले जोड्ने काम अहिले भइरहेको छ,’ जिसीले भने,‘ प्रविधि मार्फत् महानगरको सेवालाई नागरिक घर/घरमा पु¥याउन हामी लागि परेका छौं । ’

    १७ नम्बर वडाबाट सुरु भएको कर र राजश्व संकलन कार्य क्रमशः अन्य वडामा पनि विस्तार गरिने उनले जानकारी दिए । उनले १० देखि १५ लाख सम्मको योजना वडामै सम्झौता गरेर त्यसको भुक्तान दिने व्यवस्था मिलाउन लागेको पनि बताए । उनले एक हजार वर्गफिट क्षेत्रमा बन्ने घरको तीन तलासम्मको नक्सा पास पनि वडाबाट हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

    जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्ने व्यवस्था महानगरले गर्न लागेको बताए । पोखरा लेखनाथ महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयमै तिर्न सकिने बताए ।

    सबै वडामा यो सेवा पुगेपछि राजश्व शाखाले अनुगमन मात्र गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.