गण्डकी प्रदेश प्रमुखको कार्यालयले गत आर्थिक बर्षमा दुई करोड खर्च गर्यो
/१० श्रावण २०७५, बिहीबार ०४:५४ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४।७५ को खर्च विवरण सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरेको खर्च विवरण अनुसार एक करोड ९१ लाख २ हजार ४ सय ४१ रुपैंयाँ खर्च भएको छ ।
कार्यालयलाई विनियोजन गरिएको २ करोड ७४ लाख ८८ हजार रुपैंयाँमध्ये कार्यालयले ६९.४९ प्रतिशत रकम मात्रै खर्च गरेको हो । लेखा अधिकृत पदमराज बरालका अनुसार उक्त विनियोजित रकममध्ये ८३ लाख ८५ हजार ५ सय ५९ रुपैंयाँ फ्रिज भएको छ । कार्यालयले २०७४ माघदेखि २०७५ असारसम्मको ६ महिने खर्च विवरण मंगलबार सार्वजनिक गरेको हो ।
लेखा अधिकृत बरालले दिएको जानकारी अनुसार प्रदेश प्रमुखको कार्यालयलाई चालु खर्चमा १ करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा ८८ लाख ८ हजार १ सय ७ रुपैंयाँ खर्च भएको छ । चालु खर्चमा ७६ लाख ७९ हजार ८ सय ९३ रुपैंयाँ फ्रिज भएको छ भने ५३.४२ प्रतिशतरकम मात्रै खर्च भएको छ ।
पूँजीगत खर्चतर्फ १ करोड १० लाख रुपैंयाँ विनियोजन भएकोमा १ करोड २ लाख ९४ हजार ३ सय ३४ रुपैंयाँ खर्च भएको छ । ७ लाख ५ हजार ६ सय ६६ रुपैंयाँ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकम खर्च भएको हो ।
नेपालको संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकको रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

Related