दुलेगौँडा ।तनहुँको शुक्लागण्डकीमा गाँजा सहित एक युवक पक्राऊ परेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं-६ बस्ने २३ बर्षका अनिश थापा गत विहिबार २८० ग्राम गाँजा सहित पक्राउ परेका हुन् ।
शुक्लागण्डकी-७ खैरेनीटार कुम्ले खोला नजिक गाँजाको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा थापालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख श्रवण कुमार वि.कले जानकारी दिए ।
उनको साथबाट गाँजा सहित जोख्न प्रयोग हुने प्लाष्टीकको काँटा एक थान भेटीएको थियो । गत शुक्रबाट जिल्ला अदालत तनहुँ बाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related