• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चितवनको चुम्लिङटार भएको दुर्घंटनामा मृत्यु भएका आठ मध्ये ५ को सनाखत, १७ घाइते

  •      /११ श्रावण २०७५, शुक्रबार १३:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।चितवनको चुम्लिङटारबाट त्रिशुली नदीमा बस खस्दा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    मृतकमध्ये पाल्पा बेगनास कालिका गाँउपालिका बस्ने ३२ बर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिका ५ का २७ बर्षीय सुमित श्रेष्ठ, तनहँु भन्सारकी २७ बर्षीया कमला श्रेष्ठ, काठमाण्डौका ३० बर्षीय रबिन गुरुङ र तनहुं केशवटारका ४० बर्षीय बाबुराम तिवारीको सनाखत भएको छ ।

    बालक, उपचारको क्रममा मृत्यु भएका एक र एक महिलाको सनाखत हुन बाँकी रहेको चितवनका प्रहरी प्रवक्ता (डिएसपी) प्रभु ढकालले जानकारी दिनु भयो । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो । डोरीको सहायताबाट उद्धार गरिको प्रहरीले बताएको छ । घाइते मध्य ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर,४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

    घाइते मध्य ६ जनाको अबस्था गम्भीर छ भने अन्यको सामान्य छ । ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.