पोखरा क्षेत्रमा स्थानीय सरकारले डेढसय प्रतिशत सम्म बढायो घर जग्गाको मुल्य
/१२ श्रावण २०७५, शनिबार ०७:५८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । स्थानीय सरकार गठन र प्रदेश राजधानी तोकिएपछि पोखरा लगायका गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा स्थानीय सरकारले १ सय ५० प्रतिशत सम्मले घरजग्गाको मूल्यांकन बढाएको छ।
यस अघि केन्द्रीय सरकारले समेत राजधानी काठमाडौंमा जग्गाको मूल्यांकन भारी वृद्धि गरेपछि स्थानीय सरकारले समेत मूल्यांकन बढाएका हुन्। उपत्यकामा २० देखि ४० प्रतिशत सम्म मूल्यांकन बढाएकोमा प्रदेश राजधानीमा भने १ सय ५० प्रतिशत सम्मले बढेको छ।
यस अघि केन्द्र सरकारमा आउने घरजग्गाको राजस्व, अवदेखि स्थानीय र प्रदेश सरकारले ६० र ४० गरेर लिन पाउने व्यवस्था छ। ठूलो प्रशासनिक खर्च चलाउन भन्दै जग्गाको शतप्रतिशत मूल्यांकन बढाएको उनीहरुको दाबी छ।
गण्डकी प्रदेशको राजधानी पोखरामा १५० प्रतिशत सम्मले जग्गाको मूल्यांकन बढेको छ। पोखरा लेखनाथ महानगरपालिकामा गाभिएका ठाउँहरुमा गत आर्थिक वर्षको भन्दा दोब्बर बढी न्यूनतम मूल्याङ्कन कायम गरिएको कास्की मालपोत कार्यालय पोखराका प्रमुख ज्ञानराज पाण्डेले बताए।
कार्यालयले १० देखि २० प्रतिशत सम्म मात्रै मूल्याङ्कन बढाउने तयारी गरेपनि स्थानीय निकायले सिफारिश गरेको ठाउँमा भने १ सय ५० प्रतिशत सम्म जग्गामो मूल्यांकन बढेको छ।
पोखरामा प्रति रोपनी पौने चार करोड रुपैयाँसम्म जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ।यस अघि सोही ठाउँमा प्रति रोपनी तीन करोड ६५ लाख न्यूनतम मूल्यांकन थियो।
पोखरामा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकको जग्गा प्रति रोपनी ९० लाख रुपैयाँ देखि दुई करोड रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ।
गत वर्ष त्यहि ठाउँमा ३५ लाख रुपैयाँ देखि एक करोड ३० लाख रुपैयाँ सम्म मात्रै थियो। महानगरपालिकामा गाभिएका अधिकांश ठाउँमा पनि जग्गाको मूल्यांकन शतप्रतिशत बढेको छ। स्थानीय निकायको सिफारिशका आधारमा मूल्यांकन निर्धारण गरिएको पाण्डेले बताए।
महानगरपालिका भित्र परेका साविकका गाविसहरुमा पनि जग्गाको मूल्यांकन प्रति रोपनी ७५ लाख रुपैयाँ पुगेको छ।

Related