अखिल नेपाल युवक संघको गण्डकी प्रदेशको भेला सम्पन्न
/१२ श्रावण २०७५, शनिबार १५:५८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को साहायक संगठन अखिल नेपाल युवक संघको गण्डकी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उत्घाटन संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरेले मैनवत्ती वालेर गरेका थिए । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी(मसाल)का महामन्त्री क।मोहन विक्रम सिंहले समसामयिक राजनिति, विश्व परिवेश, दृष्टिकोण, अनुशासन लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
पूर्व अध्यक्ष तथा वर्तमान समितिका सल्लाहकार तिलक थापाले युवा आन्दोलन, विगत र वर्तमानको विषयमा र संघका अध्यक्ष अनिलकिशोर घिमिरेले युवा, उत्पादन,चुनौती र अवसरका लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
साउन ११ र १२ गते दुई दिन सम्म पोखराको मल्ल होटलको सभाहलमा सम्पन्न कार्यक्रममा अखिल (छैठौं)का महासचिव भिमलाल पोख्रेल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर वराल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य दिपक गुरुङ्ग,मूल प्रवाह नेपाली एकता समाज भारत शाखाका केन्द्रीय सदस्य हिरा वहादुर राना, अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुकका नाम वहादुर बाठामगर,रक्तिमका जिल्ला अध्यक्ष विमल पाण्डे लगाएतले भेला सफलताको शुभकामना दिएका थिए ।
संघको जागौं युवा, लागौं युवा अन्तर्गत भेलाले प्रदेश अन्तर्गतका जिल्लाहरुमा सांगठनिक गतिविधि संचालन गर्ने निर्णय गरेको छ । भेलाले विक्रम थापा अध्यक्ष, संजाल शर्मा सचिव र नर वहादुर वि. क. कोषाध्यक्ष रहेको १३ सदस्यीय गण्डकी प्रदेश समन्वय समिति निर्माण गरेको छ ।

Related