पोखरा । झण्डै डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आजदेखि खुल्ने भएको छ ।
गत आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि यातायाता व्यवस्था विभागले नयाँ आवेदन गत असारदेखि बन्द गरेको थियो । तर, आजदेखि भने देशभरका यातायात कार्यालयबाट आवेदन खुला गरिने भएको हो ।
झण्डै दुई लाख ५० हजार लाइेसन्स प्रिन्ट गर्न बाँकी रहँदा परीक्षा पास गरेकाहरुले पनि झण्डै ९ महिनादेखि लाइसेन्स हात पार्न सकेका थिएनन् । विभागले सोही कामका लागि भन्दै झण्डै डेढ महिनादेखि लाइसेन्स वितरण रोकेको थियो ।
विभागका अनुसार दैनिक ४५ सयदेखि पाँच हजार लाइसेन्सको माग छ । तर विभागले दैनिक १५ सय लाइसेन्स पनि प्रिन्ट गर्न सक्दैन ।
काठमाडौंमा रहेका ४ वटासहित प्रत्येक अञ्चलमा एक/एकवटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । आइतबारबाट काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् ।
प्रदेश नं. २ को सरकारले भने आफूले अनुमति दिएपछि मात्रै लाइसेन्सको वितरण थाल्न विभागलाई पत्र लेखेको छ । प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पत्र लेखेर आफ्नो सहमतिविना लाइसेन्सको वितरण नथाल्न संघीय सरकारलाई अनुरोध गरेको थियो ।
शुभेच्छा न्यूज

Related