शुभेच्छा न्यूज पोखरा । पोखराको चोर साँगुबाट मानीस हामफालेको आशंका गरिएको छ । स्थानीयले एकब्याक्ती होम फालेको भनी दिएको सूचनाको आधारमा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारका ३५ वर्षिय फडिन्द्र ढ्ङ्गाना घरबाट सम्पर्क बिहिन भएको र उनले प्रयोग गर्ने को २३ प ५७६८ नम्बबरको स्कुटर चोरसाँगुमा भेटिएकाले खोजी कार्य सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
चोरसाँगुमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गण पोखराको टोलीले उक्त स्थानमा खोजी गरेका हो । ढ्ङ्गानाले चिठी लेखेर छोडेकोले चोरसाँगुबाट हामफालेको शंका गरिएको छ ।
स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक ब्याक्तिले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउंदै गरेको र पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा उक्त ब्याक्ति त्यहाँ नदेखिएको स्थानिय एक युवाले बताएका छन् । उनका अनुसार एक जना ब्याक्ति पुलमा बसेर चुरोट पिउंदै गरेका थिए। ठूलो आवज आएर हेर्दा ति ब्याक्ती नदेखिएको उनले जानकारी दिए।
पोखरा सभागृहचोकमा ब्यवासय गर्ने एक ब्याक्ती शनिवार साँझ देखी बेपता भएको र उनको स्कुटर समेत सोही स्थानमा बेवारिसे अवस्थामा फेला परेको थियो। शनिवार देखि हराएको स्कुटर बेवारिसे अवस्थामा भेटिनु र त्यहि स्थानमा स्थानीयले आवज सहित मानिस हामफालेको जानकारी दिएपछि स्कुटर कै ब्याक्तीले हामफालेको आशंका गरिएकोछ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार स्कुटर बेवारिसे अवस्थामा भेटिएकाले हराएका भनीएका ब्याक्ती नै पुलबाट हाम फालेको आशंकामा खोजीकार्य तिव्र पारिएको बताए।
शुभेच्छा न्यूज
पोखरा । पोखराको चोर साँगुबाट मानीस हामफालेको आशंका गरिएको छ । स्थानीयले एकब्याक्ती होम फालेको भनी दिएको सूचनाको आधारमा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारका ३५ वर्षिय फडिन्द्र ढ्ङ्गाना घरबाट सम्पर्क बिहिन भएको र उनले प्रयोग गर्ने को २३ प ५७६८ नम्बबरको स्कुटर चोरसाँगुमा भेटिएकाले खोजी कार्य सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
चोरसाँगुमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गण पोखराको टोलीले उक्त स्थानमा खोजी गरेका हो । ढ्ङ्गानाले चिठी लेखेर छोडेकोले चोरसाँगुबाट हामफालेको शंका गरिएको छ ।
स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक ब्याक्तिले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउंदै गरेको र पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा उक्त ब्याक्ति त्यहाँ नदेखिएको स्थानिय एक युवाले बताएका छन् । उनका अनुसार एक जना ब्याक्ति पुलमा बसेर चुरोट पिउंदै गरेका थिए। ठूलो आवज आएर हेर्दा ति ब्याक्ती नदेखिएको उनले जानकारी दिए।
पोखरा सभागृहचोकमा ब्यवासय गर्ने एक ब्याक्ती शनिवार साँझ देखी बेपता भएको र उनको स्कुटर समेत सोही स्थानमा बेवारिसे अवस्थामा फेला परेको थियो। शनिवार देखि हराएको स्कुटर बेवारिसे अवस्थामा भेटिनु र त्यहि स्थानमा स्थानीयले आवज सहित मानिस हामफालेको जानकारी दिएपछि स्कुटर कै ब्याक्तीले हामफालेको आशंका गरिएकोछ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार स्कुटर बेवारिसे अवस्थामा भेटिएकाले हराएका भनीएका ब्याक्ती नै पुलबाट हाम फालेको आशंकामा खोजीकार्य तिव्र पारिएको बताए।
pic dnanepal
Related