• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बुढीगण्डकी आयोजना वरिपरि रिङरोडको काम सुरु हुदै

  •      /१३ श्रावण २०७५, आईतवार १३:३५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना वरिपरि रिङरोड बन्ने भएको छ । करिब तीनसय किलोमिटर रिङरोडका लागि यसबर्ष १४ करोड रुपियाँ प्राप्त भएको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।

    ‘रिङरोडका लागि यसबर्ष १४ करोड रुपियाँ प्राप्त भएको छ’, कार्कीले भने, ‘त्यसले यो बर्ष टेण्डर गरेर काम अघि बढाउछौं ।’ रिङरोडको डिपिआर भइसकेको उनले बताए । ‘५४ बर्गकिलोमिटर फराकिलो जलाशय वरिपरि १५ मिटर फराकिलो करिब तीनसय किलोमिटर लामो रिङरोड बन्नेछ’, इकाइ प्रमुख कार्कीले भने, ‘रिङरोड बन्न थालेपछि यस आसपास बुढीगण्डकी भिलेज बन्ने क्रम अघि बढ्ने हामीले अपेक्षा गरेका छौं ।’ अहिले डुबान क्षेत्रको जग्गाको मुआव्जा वितरण को काम भइरहेको छ ।

    बुढीगण्डकी आयोजनाको जलाशय का कारण समुद्री सतहदेखि ५४० मिटर उचाइसम्मको भूभाग डुबानमा पर्नेछ । त्योभन्दा पाँचमिटर माथिसम्मको क्षेत्रलाई ‘रिस्कजोन’ मानिने इकाइ प्रमुख कार्कीले बताए । सो क्षेत्रभन्दा माथि मात्रै रिङरोड र बस्ती निर्माण गरिने उनको भनाइ छ ।

    डुबानका कारण तीनहजार पाँचसय ६० घरधुरी बिस्थापित हुने आयोजनाको डिपिआरमा उल्लेख छ । बिस्थापितहरुलाई पुनस्थापित गर्न निर्माण हुने ‘बुढीगण्डकी भिलेज’का लागि ४४ ठाउँमा सम्भाव्यता अध्ययन गरि रहेको आयोजनाले जनाएको छ । आयोजनाबाट डुबानमा पर्नेहरुलाई मुआव्जाबापत अहिलेसम्म साँढे १५ अर्ब रुपियाँ वितरण भइसकेको इकाइ कार्यालयले जनाएको छ ।

    चालु आर्थिक बर्ष मुआव्जा वितरण गर्नका लागि २७ अर्ब रुपियाँ प्राप्त भएको छ । ‘यसबर्ष मुआव्जा वितरणको काम सक्ने हाम्रो लक्ष्य हो’, कार्की भन्छन्, ‘अर्को बर्ष घरगोठ, रुख, बिरुवा,फलफूलको मुआव्जा दिने छौं ।’ मुआव्जा वितरण सकेपछि आयोजनाको निर्माण कार्य सुरु हुने उनले बताए ।

    मुआव्जाका लागि ६० अर्ब रुपियाँ खर्च हुने अनुमान सरकारको छ । जसमध्य डुबानमा पर्ने जग्गाको ३३ अर्ब र बाँकी घरगोठ, फलफूल, रुखविरुवाको मुआव्जामा खर्च हुने अनुमान छ । बाँकी रकम बिस्थापितहरुलाई पुनस्थापना गर्नमा खर्च हुने कार्कीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.