• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेसी कार्यकर्ताहरुद्वारा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमणको प्रयास

  •      /१५ श्रावण २०७५, मंगलवार १०:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् ।

    सोमबार बिहान काठमाडौंबाट नगरपालिकाको कार्यालय जादै गरेका मेयर शेर्पालाई अरनिको राजमार्गको जुरे नजिकै आक्रमणको प्रयास भएको हो ।

    बा १४ च १४०८ नम्बरको गाडीमा सवार शेर्पालाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका टोलीले आक्रमणको प्रयास गरेको शेर्पाले बताए । बाह्रविसे जादै थिए,पहिरोले बाटो अवरुद्ध भएपछि त्यही बसिरेहेको थिए एक्कासी आक्रमण गर्न आए शेर्पाले भने ।

    काँग्रेसले आज देशव्यापी रुपमा गर्न लागेको सरकार विरोधी प्रर्दशनको लागि कांग्रेस कार्यकर्ताहरु सदरमुकाम चौतारा जाँदै थिए ।

    मेयर शेर्पालाई देख्न साथ काँग्रेस कार्यकर्ताहरुले मेयर शेर्पा विरुद्ध नाराबाजी गर्दै आक्रमणको लागि आएको शेर्पाका चालक सुनिल तरानामगरले जानकारी दिए । ठुलो संख्यामा काँग्रेस कार्यकर्ताहरु आक्रमणमा आएपछि सडक अवरुद्धका कारण त्यही रहेका गाडीका यात्रीहरुले आक्रमण गर्न नदिएको चालक मगरले बताए ।

    आक्रमण सम्भव नभएपछि तलाई यही खोलामा मारेर फालिदिन्छु भन्दै धम्की दिएर बस्नेत लगायतका टोलीहरु फर्कैका थिए । स्थानीय तह निर्वाचनमा बस्नेत काँग्रेसबाट मेयरको प्रत्यासी थिए ।

    आफुमाथि आक्रमणको प्रयास भएपछि शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई घटनाको विषयमा जानकारी गराएको शेर्पाले बताए । यसैबिच जनप्रतिनिधि माथी कार्यक्षेत्रमा जाँदै गर्दा आक्रमणको प्रयास हुनु निन्दनीय भएको नेकपाका स्थानीय कमिटी सदस्य एवम सासदं अग्नि सापकोटाले बताए ।

    janasanchar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.