• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः उपकरणको अभावमा सेवा प्रभावित

  •      /२० श्रावण २०७५, आईतवार ०९:३९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अत्यावश्यक उपकरण र चिकित्सकको अभावमा स्वास्थ्यसेवा प्रभावित भएको छ ।

    अस्पतालमा एमआरआई, सिटिस्क्यान, डायलासिसलगायत सेवाका लागि आवश्यक उपकरण र सम्बन्धित चिकित्सक नहुँदा स्वास्थ्यसेवा प्रभावित भएको हो ।

    गण्डकी प्रदेशकै ठूलो र पुरानो अस्पतालमा १ जना पनि न्यूरोसर्जन छैनन् । सोही कारण अस्पतालले सामान्यदेखि गम्भीर दुर्घटनाका बिरामीलाई पोखराका अन्य अस्पतालमा पठाउने गरेको छ ।

    अस्पतालको सिटिस्क्यान मेशिन बिग्रिएको १० महीना पुगेको छ । प्राविधिक टोलीले सो मेशिन मर्मत गर्नुभन्दा नयाँ किन्न अस्पताल प्रशासनलाई सुझाव दिएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए ।

    अस्पताल प्रशासनका अनुसार एमआरआई मेशिन किन्ने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य सेवा विभागसँग आवश्यक उपकरण मागेको उनले जानकारी दिए ।

    अहिले अस्पतालमा दैनिक २ हजारको सङ्ख्यामा बिरामी आउने गरेका छन् भने निरन्तर फलोअपमा आउने बिरामी पनि त्यति नै सङ्ख्यामा भएको अस्पतालले बताएको छ ।

    अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको अस्पतालका सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठले जानकारी दिए, जसका कारण प्रसूति, आकस्मिक, डायलासिसजस्ता सेवा प्रभावित भएको छ ।

    ५ सय शय्या क्षमताको अस्पतालमा अहिले विशेषज्ञसहित सय डाक्टर कार्यरत छन् । अस्पतालमा आवश्यक उपकरण नहुँदा गुणस्तरीय

    सेवा दिन नसकेको प्रतिष्ठानका डीन डा. नरेन्द्र गुरुङले बताए । सङ्घीय सरकार मातहत रहेको प्रतिष्ठानमा सरकारले यस वर्ष रू. ४ करोड मात्र बजेट पठाएको भन्दै गुरुङले त्यो अपर्याप्त रहेको दाबी गरे ।

    उनले आवश्यक उपकरण खरीदलगायतका काम स्वास्थ्य मन्त्रालयले हेर्ने बताउँदै मन्त्रालयकै प्रक्रियाका कारण सेवा प्रभावित भएको आरोप लगाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.