• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स डिष्ट्रिक्ट पदाधिकारीको पदस्थापन

  •      /२१ श्रावण २०७५, सोमबार ०९:४२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट पदाधिकारीको पदस्थापन एवं प्रथम क्याविनेट मिटिङ काठमाण्डौका सम्पन्न भएको छ ।

    डिष्ट्रिक्ट पदाधिकारीहरुलाई लायन्सका अन्र्तराष्ट्रिय डाईरेक्टर मोहम्मद इदरिसले पद तथा गोपनियताको सपथ खुवाएको डिष्ट्रिक्ट चिफ पब्लिक रिलेशन अफिसर परमेश्वर बरालले जानकारी दिए ।

    सो अवसरमा डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गर्भनर अशोेक कुमार श्रेष्ठ र अन्र्तराष्ट्रिय डाईरेक्टर मोहम्मद इदरिसले लायन बर्ष २०१८÷१९ मा खोलिएका ३६ वटा नयाँ क्लबहरुको उद्घाटन गरेका थिए ।

    पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।

    सामाजिक काम र पद हस्तान्तरणको क्षेत्रमा लायन्सबाट राजनीतिक दलहरुले शिक्षा लिनुपर्ने उनले बताए । लायन्सले समाजमा खेलेको भुमिकाको खुलेर प्रसंसा गर्दै नेपाल सरकार नागरिक समाजसँग सहकार्य गर्न तयार रहेको बताउदै मन्त्रि ज्ञवालीले नेपालले समृद्धिको यात्रा सुरु गरिसकेको छ सकरात्मप सोचका साथ अगाडि बढ्न आग्रह गरे ।

    कार्यक्रममा लायन्सका अन्र्तराष्ट्रिय डाईरेक्टर मोहम्मद इदरिसल, निवर्तमान अन्र्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतान, एलसिआइसफ एरिया लिडर बालकृष्ण बु्र्लाकोटी, डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चियरपर्सन डि आर खनाल निवर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले डिष्ट्रिक्ट ३२५ बि १ नेपालले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताउदै लायन बर्ष २०१८÷१९ का डिष्ट्रिक्ट गर्भनर अशोेक कुमार श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

    कार्यक्रमका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले दिएर बाँचौ भन्ने मुल मर्मका साथ बिशेष गरि अपाङताको क्षेत्रमा काम गर्नका लागि अपाङता हाम्रो आत्मियता नारालाई बर्ष भरि नै प्राथामिकतामा राखेर कार्य गर्ने जनाए ।

    सेवाका नयाँ सताब्दीको पहिलो बर्षको जिम्मेवारी हाम्रो काँधमा आएको छ, सम्पुर्ण लायन्सहरुको अदम्य साहस र सहयोगबाट नयाँ उर्जाका साथ यस डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्र्तराष्ट्रियमा स्थापित गराउन आफु दृढ रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.