मुस्ताङको कागबेनी तीरी जोड्ने पुल नदिमा बग्यो आवतजावत ठप्प
/२२ श्रावण २०७५, मंगलवार ०९:४८ , प्रकाशीत
शुभेच्छा न्यूज
मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङमा लगातार परेको वर्षाले कागबेनी देखि तीरी जोड्ने काठेपुल बगाउदा आवतजावत ठप्प भएको छ/
सोमवार साँझ पुल कालीगण्डकी नदिमा बढेको पानिको बहाबले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिए।
पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताए।२ वर्ष पहिले सांंसद बिकास कोषको करिव १३ लाख लागत र स्थानीय जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको थियो।
सो पुल संञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तीरीका करिव १५ घरका स्थानीय लाभान्वित भएका थिए ।
नदीले पुल बगाएपछि तीरी गाउँका स्थानिय र, बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जाने पर्यटक पुर्ण रुपमा प्रवाभित भएको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचनले जानकारी दिए।

Related