• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बेपत्ता शिक्षक ६ दिन पछि कुश्माको अल्पेश्वर गुफामा मृत भेटिए

  •      /२३ श्रावण २०७५, बुधबार १२:०९ ,  प्रकाशीत
  • पर्वत । कुश्मा नगरपालिका ९ घर भई पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ बर्षिय शिवप्रसाद पौडेल अलपेश्वर गुफा भित्र मृत भेटिएका छन ।

    कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो छ दिन पछि प्रअ पौडेल मृत भेटिएका हुन ।

    बिहान पुजा पाठ गर्न भनि मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार विहानदेखि बेपत्ता भएका थिए ।

    अलपेश्वर गुफा भित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    मृतक पौडेलको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ बर्ष शिक्षण गरेका पौडेल १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

    उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए । मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रो संग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.