प्रदेश सरकारद्धारा मनिपालको समस्या सुल्झाउन उच्चस्तरीय समिति गठन
/२३ श्रावण २०७५, बुधबार १६:२१ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । मणिपाल शिक्षण अस्पतालको दीगो व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले उच्च स्तरीय समिति गठन गरेको छ ।
मन्त्रीपरिषद्को बैठकले अस्पतालमा हुने समस्याप्रति चासो देखाएको हो । अस्पतालको चुस्त ब्यवस्थापनकै लागि पूर्व जिल्ला न्यायधिश लिप्तबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको सरकारले जनाएको छ ।
समितिको सदस्यमा डा.अप्सरा कोइराला, डा.दिनेश विक, कमल प्रसाद अर्याल, योगराज पौडेल, कृष्णराज ढुंगाना, रमेश प्रसाद अधिकारी छन् ।
पटकपटक भईरहने आन्दोलनका कारण स्वास्थ्य सेवाबाट सर्वसाधारण बञ्चित हुनुपरेको भन्दै त्यस्ता समस्या तत्काल समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न समिति गठन गरिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

Related