नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ परेसंगै टीकापुरमा बिहानै बम विष्फोट
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
टीकापुर / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारमा असुरक्षा बढ्दै गएको छ । असुरक्षा बढेपछि सर्वसाधारण आतंकित बनेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम बिस्फोट गरेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहान करिव ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको हो ।
बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका छन् । प्रहरीले बम बिस्फोटका बारेमा अध्ययन थालेको छ । सोही उद्योगमा यसअघि साउन २ गते अज्ञात समूहले दुईवटा बम राखेको थियो । नेपाली सेनाको टोलीले सो बम निस्कृत गरेको थियो ।
Related