• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

च्याउ खेतिमा लागेका किसान भन्छन राज्यले हेरेन

  •      /२४ श्रावण २०७५, बिहीबार १०:१७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा / पोखरेलि बजारमा दैनिक पच्चिस सय किलो च्याउको खपत हुने गरेको पाइएको छ ।

    मुख्य रुपले कास्की जिल्लाको भुर्जुंग खोला ,पुरन्चौर लामाचौर ,लेखनाथ हेम्जा क्षेत्रमा उत्पादित हुने च्याउको खपत पोखराको वजारमा भएको छ र भारतिय वजारको च्याउ समेत पोखरेलि वजारमा आउने गरेको छ ।

    च्याउ हरितकण भएको एक प्रकारको वनस्पति भएको र स्वास्थका लागि पनि यो अत्यन्तै गुणकारि भएकोले वजारमा च्याउको माग भए संगै पोखरामा च्याउको माग वढेको च्याउ अनुसन्धानकर्ता तथा विउ उत्पादक टिकाराम अर्यालले वताए ।

    च्याउखेति गर्न पनि सजिलो र वजार मुल्य पनि राम्रै भएका कारण किसानहरु यो खेति तर्फ आकर्षित भएका छन ।किसान हरुले उत्पादन गरेको च्याउको लागत राम्रै संग प्राप्त गरेको पाइएको छ ।

    कास्की जिल्लाका किसान हरुले कन्ये जातको च्याउको उत्पादन धेरै गरिरहेको र च्याउको मुल्य च्याउ फार्म वाट विक्रीगर्दा २ सय प्रति किलो पर्न आउंने र वजारको पहुंच पनि सजिलो , माग पनि अत्यधिक भएको लामाचौरका च्याउ कृषक धर्मराज थापा वताउंछन ।

    त्यसो त किसानले उत्पादन गर्ने अन्य च्याउका जात हरुमा सिताके,गोव्रे ,पराले ,ग्यानोडर्मा जातका च्याउको मुल्य अत्यधिक छ ।

    पोखरेलि वजारमा दैनिक छ लाख भन्दा वढिको च्याउ विक्री हुने गरेको छ ।च्याउ किसान हरुका अनुसार पोखरेलि वजारमा माग अनुसार को अनुपातमा च्याउ कास्कीमा उत्पादन हुन सकेको थाप छैन ।

    च्याउ किसान हरुले गरिरहेको प्रयासलाइ राज्यका तर्फ वाट पनि खासै ध्यान नदिइएको र सरकारि अनुदानको सुचिमा च्याउ कृषकहरु नपरेको गुनासो पनि कृषक हरुको छ ।

    त्यसोत न राज्यको अनुदान छ न अनुगमन नै यति वेला च्याउ खेतिमा सवैभन्दा समस्या गुणस्तरिय च्याउको विउ उत्पादनमा छ।

    जसरि विउ उत्पादन गरिएको छ त्यसमा न कुनै विज्ञता छ न कुनै अनुभव जसको कारणले च्याउ कृषक हरु समस्यामा पर्न सक्ने ,गुणस्तरहिन र अनुगमन तथा सर्टिफाइड नगरिएका विउहरुको प्रयोगले किसानको लाखौ लगानि डुव्न सक्ने कुरा विउ विषेशज्ञ हरुले सुझाइ रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.