• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुक्तिनाथ विकास बैंकद्वारा एकै साथ पाँच शाखा सञ्चालन

  •      /२४ श्रावण २०७५, बिहीबार १५:३९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा / आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले विभिन्न स्थानमा एकैपटक ५ शाखा सञ्चालनमा ल्याएको छ।

    बैकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर, सुनसरी जिल्लाको इटहरी तथाइनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच शाखा कार्यालय विस्तार गरेको छ ।

    बर्दीबास शाखाको समुद्घाटन उद्योग वाणिज्य संघ, बर्दीबासका अध्यक्ष प्रहल्लाद क्षेत्री, रौतहट शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिना, ईटहरी शाखाको समुद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस कुमार विष्ट, इनरुवा शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजिब कोइराला तथा दमक शाखाको समुद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गरेका छन् ।

    शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

    मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा एटिएम र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, एटिएम कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.