• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एक नेपाली युवाको पीडा ‘प्रेमी सँग मिलेर श्रीमतीले ज्यान मार्ने धम्की दिन्छिन्, म के गरुँ ?’

  •      /२५ श्रावण २०७५, शुक्रबार ०४:२९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा /म ३१ वर्षको भएँ । परिवारमा खर्च बढ्न थालेपछि विदेशिनुको विकल्प मेरा लागि थिएन । विदेश गएर आमाबुबा र श्रीमती दुर्गाका साथै दुई सन्तान कृतिका र कृजनलाई राम्रो विद्यालयमा पढाउने सपना थियो ।

    दुवईमा बसेको ४ वर्ष भयो । तर घर फर्कंदा हातमा केही थिएन । कमाएको पैसा सबै घरमा पठाएको थिएँ । तर त्यो पैसा मेरी श्रीमती दुर्गाले कसरी खर्च गरिन थाहा भएन ।

    मेरी श्रीमती दुर्गा माइत जाँदा मोबाइल अफ हुन्थ्यो । ११ वर्षअघि उनीसँग मेरो प्रेम विवाह भएको थियो ।

    नेपाल फर्कंदा त ऋण पो लागेको थियो । विश्वासले म उनलाई भनेजति पैसा पठाउँथे । ऋणका कारण अहिले पनि म दुवईमा छु ।

    श्रीमतीलाई पनि १७ महिनाअघि दुवई ल्याएँ । दुवईमा सँगै छँदा पनि उनले मलाई मोबाइल छुन समेत दिन्नथिन् । यहाँ आएको १५ महिनापछि उनेले आफू बिरामी भएको बताइन र नेपाल जाने भनेर जिद्दी गरिन् ।

    मैले उनी काम गर्ने कम्पनीमा गएर हात जोडेर पासपोर्ट फिर्ता लिएँ । त्यसपछि उनी नेपाल फर्किन् । नेपाल पुगेको एक महिनापछि उनी बेपत्ता भएको थाहा पाएँ । म उनलाई खोज्न नेपाल पुगेँ ।

    तर उनी फेरि दुवई पुगिसकेकी रहेछिन् । नेपाल पुगेपछि मात्रै मैले थाहा पाएँ उनी अर्कैको प्रेममा परेकी रहेछिन् । भारतीय नागरिकसित दुवईमा नै बसेको भन्ने सुनेको छु ।

    अहिले मेरो परिवार भताभुंग भएको छ । दुई सन्तान कृतिका र कृजन विचल्लीमा परेका छन् ।

    दुर्गा र उनको भारतीय प्रेमीले बारम्बार ज्यान मार्ने धम्की दिने गरेका छन् । यसबारेमा नेपाली दूतावासमा उजुरी गर्न खोज्दा पनि फोन उठ्दैन । म पीडामा छु । डरैडरमा बस्नु परेको छ । अब मैले के गर्ने होला ?

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.