• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्पष्टीकरण फिर्ता गर्दै उपाध्यक्षले गल्ती स्विकारेपछि पर्वतको पैंयु गाउँपालिकाका जनप्रतिनिधीले थालेको धर्ना सकियो

  •      /२६ श्रावण २०७५, शनिबार १५:५० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पर्वत/पर्वतको पैंयु गाउँपालिकामा जनप्रतिनिधीले थालेको धर्ना सहमति पछि अन्त्य भएको छ ।
    जिल्ला समन्वय समिति पर्वतको पहलमा आन्दोलनरत पक्ष र गाउँपालिका बिच सहमति भएपछि धर्ना अत्य गरिएको हो ।

    गाउँपालिका उपाध्यक्ष जसमति गुरुङ्गले वडा अध्यक्ष महेन्द्र श्रेष्ठलाई सोधेको स्पष्टीकरणको पत्र फिर्ता गर्ने सहमति भएको छ भने वडा अध्यक्षलाई स्पष्टीकरण सोध्ने कार्य गल्ती भएको स्विकार गरेकी छन ।

    जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले दुबै पक्षका बिचमा वार्ताबाट सहमित कायम भएकाले आन्दोलन फिर्ता भएको जानकारी दिए ।

    सहमति पछि पैञ्यु गाउँ कार्यपालिकाको बैठक बसेर स्पष्टीकरणको पत्र फिर्ता गर्ने निर्णय भएको र बैठकमा उपाध्यक्षले आफ्नो गल्ती भएको स्विकार गरेपछि सहमतिमा धर्ना टुंग्याइएको आन्दोलनरत वडा अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।

    ‘वडा सदस्यलाई कार्यवहाक दिएर परिवार भेट्न छोटो समय बिदेशमा जाँदा गैह्रकानुनी रुपमा पत्र पठाउने काम भएको थियो’ उनले भने ‘पद नै रिक्त गराउने षडयन्त्र सहित गैह्रकानुनी रुपमा सोधिएको स्पष्टीर फिर्ता भएको छ’ ।

    उपाध्यक्ष गुरुङ्ग कार्यबहाक अध्यक्ष भएको समयमा गएको साउन ८ गते वडा अध्यक्ष श्रेष्ठलाई लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने ब्यबस्था भएको’ ब्यहोरा सहित सात दिने स्पष्टीकरण सोधेकी थिइन ।

    उपाध्यक्षको पत्रपछि श्रेष्ठ जापानबाट नेपाल फर्केपछि गाउँपालिका कार्यलयमा तालाबन्दी गर्दै आन्दोलन शुरु भएको थियो । श्रेष्ठ जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवहाक दिएर परिवारका सदस्य भेट्न जापान गएका थिए ।

    तर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठको पद षडयन्त्रपुर्वक रिक्त गराउने योजना बनाएर स्पष्टीकरण सोधिएको भन्दै उपाध्यक्षको राजिनामा माग गर्दै तीन वटा वडाका अध्यक्ष र सामाजिक परिचालकहरु बुधबार देखि धर्नामा बसेका थिए ।

    newsdabali

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.