गायक ढाकाराम पौडेलको तीज गीत ‘हङकङको साडी’ (भिडियो सहित)
/२७ श्रावण २०७५, आईतवार ०५:४१ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा: । गायक ढाकाराम पौडेलको ‘चाइनिज लुगा भाग ३’ एल्वमको ‘हङकङको साडी’ बोलको तीज गीत सार्वजनिक भएको छ।
ढाकाराम पौडेल र प्रिती आलेको स्वरमा रहेको ‘हङकङको साडी’ बोलको तीज गीतको शब्द सिर्जना गायक पौडेलले नै गरेका छन्। वर्षा म्युजिक प्रालि चितवनको प्रस्तुतीमा बजारमा आएको उक्त तीज गीत युट्युब मार्फत सार्वजनिक भएको हो।
नेपाली समाजमा कपडाको अपमान गरी विकृति फैलाउन खोजेको कुरालाई ब्यङ्ग्य गर्दै गीत मार्फत सचेत गराउन खोजिएको छ।
काजिश श्रेष्ठ, सीता नेपाली, उज्वल गिरी ‘दानबीर’को अभिनय रहेको ‘हङकङको साडी’ बोलको तीज भिडियोको काजिश श्रेष्ठले नै निर्देशन गरेका छन्। त्यस्तै उक्त तीज भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका हुन्।

(हेर्नुहोस् भिडियो सहित)
Related