• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नयाँ मुलुकी ऐनमाबिनाकारण डेरावाल हटाइए ३ महिना घर बहालमा दिन नपाइने, घरधनीलाई अंकुश लगाउँदै ऐन

  •      /२८ श्रावण २०७५, सोमबार ०६:१९ ,  प्रकाशीत
  • काठमाडौं घरभेटी (घरधनी) ले विनाकारण बहालवालालाई हटाउन नपाउने भएका छन्। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले घरधनी र बहालवालाको विषयलाई समेत समेटेको छ।

    धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै अर्कोलाई भाडा रकम बढाएर दिने गरेका छन्। मुलुकी ऐनले घरधनीको यो मनोमानीमाथि अंकुश लगाउने भएको हो।

    घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ। फेरि बहालमा लगाउँदा पनि पहिलेकैले लिन चाहेमा प्राथमिकता पाउने भनिएको छ।

    ‘आफैंलाई आवश्यक रहेको भन्दै बहालवालाई हटाएकोमा त्यस्तो घर ३ महिनासम्म आफूले प्रयोग नगरी अन्य व्यक्तिलाई बहालमा दिने पाउनेछैन। बहालमा दिने भएमा पहिले बहालमा रहेको व्यक्तिले लिन चाहेमा प्राथमिकता पाउनेछ,’ ऐनमा भनिएको छ।

    ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ।

    बहालमा लिएको व्यक्तिले उक्त घरभित्र कानुनले निषेध गरेको कसुरजन्य क्रियाकलाप गरेमा, घरबाट मानिस हटाएरै गर्नुपर्ने मर्मत सम्भार गर्नुपरेमा, प्राविधिक तथा स्वास्थ्य दृष्टिले उक्त ठाउँ मानिसका लागि बसोबास योग्य नदेखिएमा, घरबहालको सम्झौता अवधि समाप्त भएमा र सम्झौताविपरीत केही काम गरेको प्रमाणित भएमा बहाल लिने व्यक्तिलाई हटाउन सक्ने पनि उल्लेख छ।

    बहालवालाको दायित्व के?
    घरधनी र बहालवाला दुवैका केही दायित्वसमेत ऐनमा तोकिएको छ। घरधनीलले बहालमा बसेको व्यक्तिलाई सम्झौता अनुसार घर उपयोग गर्न दिनुपर्ने, सम्झौतामा अन्यथा उल्लेख भएको अवस्थामा बाहेक पानी, बिजुली, ढल निकास तथा सरसफाईको व्यवस्था घरधनीको दायित्वमा पर्नेछ।

    बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट घरधनीले नै रोक्नुपर्नेछ।

    निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्नेछ। बहालमा लिएको घर आफ्नो घरसरह मानेर सरसफाई, हेरचाह र सुरक्षा गर्नुपर्नेछ। आफू बहालमा रहेको घरका अन्य छिमेकीलाई आशान्ति र असुरक्षा हुन जस्ता कुनै काम गर्न नहुने दायित्व बहालवालाको हुनेछ।

    बहालमा दिएको घर वा कोठाको कानुनबमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनुपर्ने दायित्व घरधनीको हुने ऐनमा उल्लेख छ।
    nepallive

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.