यात्रुबहाक बसमा पेट्रोल बम प्रहार ;कास्कीका रोशन बहादुर थापा घाइते
/२९ श्रावण २०७५, मंगलवार ०९:२६ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा अज्ञात व्यक्तिले आज यात्रु बाहक बसमा पेट्रोल बम प्रहार गर्दा एक जना घाइते भएका छन्।
पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा अज्ञात व्यक्तिले पेट्रोल भरेर आगो लगाइएको बोत्तल प्रहार गर्दा कास्की लेखनाथ १ का रोशन बहादुर थापा सामान्य घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरिक्षक युवराज पाण्डेका अनुसार थापाको हातमा सामान्य चोट लागेको र घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेपनि उपत्यका बाहिरको जनजीवन भने प्रभावित भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका कारण रुपन्देहीमा शिक्षण संस्था,कलकारखाना, बजार र सार्वजनिक यातायातका साधन ठप्प छन्। सडकमा निजी सवारी साधान भने चलेका छन्।
शुभेच्छा न्यूज
पोखरा । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा अज्ञात व्यक्तिले आज यात्रु बाहक बसमा पेट्रोल बम प्रहार गर्दा एक जना घाइते भएका छन्।
पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा अज्ञात व्यक्तिले पेट्रोल भरेर आगो लगाइएको बोत्तल प्रहार गर्दा कास्की लेखनाथ १ का रोशन बहादुर थापा सामान्य घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरिक्षक युवराज पाण्डेका अनुसार थापाको हातमा सामान्य चोट लागेको र घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेपनि उपत्यका बाहिरको जनजीवन भने प्रभावित भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका कारण रुपन्देहीमा शिक्षण संस्था,कलकारखाना, बजार र सार्वजनिक यातायातका साधन ठप्प छन्। सडकमा निजी सवारी साधान भने चलेका छन्।
palpalko khabar
Related