गण्डकी प्रदेशमा नेकपाको रस्साकस्सी सुरु कस्ताे बन्ला नयाँ कमिटी
/३० श्रावण २०७५, बुधबार ०५:१० , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । एमाले र माओवादीको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन संगै जिल्ला र प्रदेशको नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ।
तत्कालीन एमाले र माओवादीको कहिले छुट्टाछुट्टै र कहिले संयुक्त बैठक बसेर यतिबेला नेतृत्व सहित पदाधिकारी र सदस्यहरु टुंग्याउन कडा कसरत गरिएको छ । गण्डकी प्रदेशमा १ सय ८७ जना सदस्य रहने गरी नयाँ कमिटी गठन हुनेछ ।
४ जना नेताहरुलाई कार्यदलमा राखेर कमिटी बनाउने काम थालिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री तथा साविक एमालेका प्रदेश संयोजक किरण गुरुङ, माओवादी प्रदेश संयोजक हितराज पाण्डे, एमालेका तर्फबाट हालका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र माओवादीका नेता तथा सांसद हरिराज अधिकारीको संयुक्त कार्यदल गठन गरिएको छ।
पूर्व एमाले र माओवादीबाट ६०–४० वा ५५–४५ को अनुपातमा सदस्य टुंगो लगाइने नेताहरुले बताएका छन् । भदौ २८ भित्रै प्रदेश संगठन र जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउने गरी निर्णायक बैठक हुने बताइएको छ। ।
मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ ।
पूर्व माओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ । प्रदेश कमिटीमा भने एमालेका दुई र माओवादीका दुई नेताले अध्यक्षमा दावेदारी देखाएका छन् ।
एमालेका तर्फबाट किरण गुरुङ र तुलबहादुर गुरुङ तथा माओवादीको तर्फबाट हितराज पाण्डे र हरि अधिकारीले आकांक्षा देखाएको बताइएको छ।
शुभेच्छा न्यूज
पोखरा । एमाले र माओवादीको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन संगै जिल्ला र प्रदेशको नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ।
तत्कालीन एमाले र माओवादीको कहिले छुट्टाछुट्टै र कहिले संयुक्त बैठक बसेर यतिबेला नेतृत्व सहित पदाधिकारी र सदस्यहरु टुंग्याउन कडा कसरत गरिएको छ । गण्डकी प्रदेशमा १ सय ८७ जना सदस्य रहने गरी नयाँ कमिटी गठन हुनेछ ।
४ जना नेताहरुलाई कार्यदलमा राखेर कमिटी बनाउने काम थालिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री तथा साविक एमालेका प्रदेश संयोजक किरण गुरुङ, माओवादी प्रदेश संयोजक हितराज पाण्डे, एमालेका तर्फबाट हालका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र माओवादीका नेता तथा सांसद हरिराज अधिकारीको संयुक्त कार्यदल गठन गरिएको छ।
पूर्व एमाले र माओवादीबाट ६०–४० वा ५५–४५ को अनुपातमा सदस्य टुंगो लगाइने नेताहरुले बताएका छन् । भदौ २८ भित्रै प्रदेश संगठन र जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउने गरी निर्णायक बैठक हुने बताइएको छ। ।
मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ ।
पूर्व माओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ । प्रदेश कमिटीमा भने एमालेका दुई र माओवादीका दुई नेताले अध्यक्षमा दावेदारी देखाएका छन् ।
एमालेका तर्फबाट किरण गुरुङ र तुलबहादुर गुरुङ तथा माओवादीको तर्फबाट हितराज पाण्डे र हरि अधिकारीले आकांक्षा देखाएको बताइएको छ।
dnanepal
Related