• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङ पहिरोमा बेपत्ता सासू–बुहारी मृत भेटिए

  •      /३० श्रावण २०७५, बुधबार १५:४९ ,  प्रकाशीत
  • बागलुङ : दुई दिनदेखिको लगातार झरीपछि निसीखोलामा पहिरो खस्दा बेपत्ता भएका एकै घरका सासू–बुहारी पहिरोले पुरिएको अवस्थामा मृत भेटिएका छन्।

    निसीखोला गाउँपालिका- ३ को बोहोरागाउँमा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो।

    घर पुरिएपछि उनकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही पुरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले दिएको जानकारीअनुसार बिहान साढे ५ बजे पहिरो खसेर उनीहरू पुरिएका थिए।

    पहिरो खसेर पुरिएको थाहा पाएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको सहयोगले मृतकको शव निकालिएको थियो। पहिरोमा शाहीका पाँच वर्षका नाति विनोद शाहीको भने सकुशल उद्धार गरिएको छ।

    दुई छोरा भारतमा रोजगारी गरेका शाहीकी जेठी बुहारी र श्रीमतीको मृत्यु भएको हो। दिनभरको खोजी र उद्धारपछि शव निकालिएको हो। लगातार पानी परेकाले बिहान शव उत्खनन् गर्नसमेत गाह्रो भएको र पानी रोकिएपछि मात्र सहज भएको स्थानीयले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.