• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

  •      /३१ श्रावण २०७५, बिहीबार ०३:३५ ,  प्रकाशीत
  • काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नापञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रूपमा लिँदै नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन छ ।

    विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको जानकारी गराउँदै पञ्चांग निर्णायक समितिले नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट मुक्त भई र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।

    एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ ।

    त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।

    नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्म, महापद्म, शंख, तक्षक, कुलीर, कर्कोटक आठ प्रकार रहेका छन् ।

    गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।

    नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ

    नागपञ्चमीका अवसरमा काठमाडौंका टौदह, नक्सालस्थित नागपोखरी, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.