सांसद हृदयश त्रिपाठी सहित काँग्रेसका एकदर्जन नेता नेकपा प्रबेश गर्दै
/३१ श्रावण २०७५, बिहीबार ०५:१९ , प्रकाशीत
काठमाडौं/ओखलढुंगाका नेपाली कांग्रेसका केही नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
बिहीवार नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरुलाई नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
पार्टी कार्यालय धुम्बाराहीमा दुवै दलका अध्यक्षले सम्वोधन गर्ने कार्यक्रम रहेको भन्दै निमन्त्रणा गरिएको छ ।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री,साविककाे खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत छन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गामा तत्कालीन नेकपा एमालेका नेता यज्ञराज सुनुवार विजयी भएका थिए ।
सोही कार्यक्रममा सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयश त्रिपाठी लगायतका नेताहरु पनि नेकपा प्रवेशकोे तयारी गरिरहेको बताइएको छ ।

Related