• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको रत्न मन्दिर खुलाउने प्रदेश सरकारको तयारी

  •      /३१ श्रावण २०७५, बिहीबार १५:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ ।

    आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उदेस्यले प्रदेश सरकारले पोखराको लेकसाईडस्थित रहेको रत्न मन्दिर र हिमागृहलाई सर्वसाधारणको लगी खुल्ला गर्ने तयारी गरेको हो ।

    लामो समय राजदरवारले उपयोग गर्दै आएको सो दरवार नेपाल सरकार मार्फत नेपाल ट्रष्टको मातहतमा ल्याइएको थियो। ट्रष्टको मातहतमा आएको लामो समय सम्म पनि कुनै प्रयोगमा आउन नसकेको दरवार
    लाई उपयोग गर्दै संग्रालय बनाएर पर्यटक प्रबद्र्धनमा लगाउने योजना प्रदेश सरकारले अगाडि बढाएको हो।

    नेपाल ट्रष्ट मातहतमा रहेका रत्न मन्दिर र हिमागृह लाई केन्द्रिय सरकार सँग छलफल गरी पर्यटकका लागी खुल्ला गर्ने तयारी भईरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए।

    ‘प्रदेशको पर्यटकीय केन्द्र फेवा तालको काखमा रहेको रत्नमन्दिर लाई संग्रालयको रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौं’ उनले भने।‘प्रदेशलाई पर्यटकीय हबकोरुपमा बिकास गर्ने योजना अनुसार र्नै रत्नमन्दीर र हेमागृह खुलाउन सरकरले पहल थालेको हो।’

    मन्त्री लम्सालका अनुसार संसारभरका पर्यटकलाई नेपालको राजसंस्थाका गतिबिधि तथा शासन पद्धतिको अध्ययन गर्ने र शासकहरुको निजी जीवन लगायतका बारेमा हेर्ने संग्रालय बनाउन सरकार लागेको छ।

    ‘यसलाई लेक म्यूजियम् तथा जैविक विविधताको अध्ययन गर्ने केन्द्रको रुपमा बिकास गर्ने र अन्य पर्यटकीय गतिविधि बढाउनको लागी अध्ययन अनुसन्धान भईरहेको छ,’ मन्त्री लम्सालले भने। ‘सरकारले यसको डिपिआर समेत तयार पार्दैछ।’

    नेपाल ट्रष्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री रहने प्रावधान रहेको छ । मन्त्री लम्सालले नेपाल सरकार सँग छलफल गरी रत्न मन्दिरलाई संग्रालयको रुपमा विकास गर्न प्रदेश सरकारको मातहत ल्याउन केन्द्रीय सरकरसंग आवस्यक पहल गरीरहेका बताए।

    उनले रत्न मन्दिरमा आवस्यक पूर्वाधार र संरचनाहरुको व्यवस्थापन गरी केही समय भित्रै खुल्ला गर्ने र पर्यटकको आकर्षक केन्द्रकोरुपमा बिकास गर्ने योजना रहेको बताए।

    पूर्वराज परिवारले विन्टर प्यालेसका रुपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंसीय राजतन्त्रको प्रतिकका रुपमा संग्रालय बनाएर सर्वसाधारणका लागी खुल्ला गर्नुपर्ने स्थानियवासीको माग गर्दै आएका थिए।

    प्रदेश सरकारको लागि कार्यलय तथा आबासको ब्यवस्थापन गर्न खटिएको टोलीले रत्नमन्दीरलाई प्रदेश प्रमुख वा मुख्यमन्त्रीको लागि आवास तथा कार्यलय बनाउन सकिने भनी सिफरिस गरेपछि पोखरेलीहरु दरवारलाई संग्रालय बनाउन माग गर्दै आन्दोलित भएका थिए।

    रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो। स्वर्गिय राजा वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३ सालको राजनीतिक परिवर्तन सँगै तात्कालिन सरकारले नेपाल ट्रष्टको स्वामित्वमा ल्याएको थियो ।

    वि.सं. २०१४ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा बस्नका लागि यस दरबारको निर्माण गर्न लगाएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.