• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फलेवास नगरपालिकाको सार्वजनिक सुनाई जनताको कठघरामा जनप्रतिनिधि

  •      /१ भाद्र २०७५, शुक्रबार ०४:५२ ,  प्रकाशीत
  • पर्वत /फलेबास नगरपालिकाले जनताको गुनासो सुन्न र सञ्चालित योजनाहरुको समिक्षा गर्न हरेक वडामा पुगेर सार्वजनिक सुनुवाई अभियान थालेको छ ।

    आर्थीक बर्ष २०७४।०७५ मा सञ्चालित कार्यक्रमको समिक्षा तथा नागरिकका गुनासा, समस्या, आवस्यकता र मागलाई सम्बोधन गर्ने उदेश्य अनुरुप फलेवास नगरपालिकाको आयोजनामा बिभिन्न वडामहरुमा सार्वजनिक सञ्चालन गरेको हो ।

    नगरपालिकाले साउन २५ देखि वडा नं ४ मुडिकुवाबाट शुरु भएको अभियान भदौ २ गते सकिने नगरपालिकाले जनाएको छ । बिहीबार सम्म ९ वटा वडामा पुगेर अन्तरकृया र सार्वजनिक सुनुवाई सम्पन्न गरिएको मेयर पदमपाणी शर्माले जानकारी दिए ।

    मेयर, उपमेयर देखि वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले जनगुनासो सुन्ने तथा योजनाहरुको अनुगमन गर्दा नगरपालिकाको काम प्रति जनताको धारणा बुझ्ने मौका पाएको मेयर शर्माले बताए।

    ‘नगरबासीमा केही गुनासा पनि छन’ उनले भने ‘ठुला योजनाहरुमा बजेट बिनियोजन गर्दा त्यसको प्रभाबकारिता नगरबासीले महसुस गरेको पायौ’ नगर कार्यपालिकाले नै सबै वडामा पुगेर सार्वजनिक सुनुवाई गर्ने काम फलेबासले पहिलो स्थानिय तहको रुपमा गरेको मेयर शर्माको दाबी छ ।

    नगरपालिकाले आयोजना गरेको अन्र्तकृया तथा सर्वाजनिक सुनुवाई कार्यक्रममा स्थानिय नागररिकले वडा भित्रका आवश्यकता तथा विभिन्न समस्याहरु नगरपालिका समक्षा प्रस्तुत गरेका छन् । कार्यक्रममा स्थानिय नगरिकहरुले शिक्षा, स्वास्थ्य खानेपानी, सडक तथा सिंचाई क्षेत्रमा सुधार तथा प्राथमिकता दिएर काम गर्न आग्रह गरेका छन् ।

    कतिपयले व्यवसायमा लाग्ने दोहोरो करको व्यवस्था अन्त्य गर्न माग गरेका छन । कतिपय सर्वसाधरणले पहुँचवालाले मात्रै अनुदान पाएको गुनासो पनि गरेका थिए । स्थानियबासीले वडामा योजना सम्पन्न भएका योजनाहरुको गुणस्तरका बारेमा पनि प्रश्न उठाएका छन ।

    कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारीले स्थानिय सरकारको महत्ववारे प्रकास पार्दै नागररिकका समस्या गुनासहरुलाई नजिकवाट स्थानिय सरकारले पहिचान गरि सम्बोधनमा लागेको बताएकी छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.