‘लोकतन्त्र र आर्थिक समृद्धि सरकारको मुख्य एजेण्डा ’- मन्त्री लम्साल
/१ भाद्र २०७५, शुक्रबार १५:४२ , प्रकाशीत
शुभेच्छा न्यूज
बागलुङ / गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बालियो लोकतन्त्र सहितको संघिय संरचना निर्माण गरेर जाने बताएका छन् ।
वर्तमान केन्द्र र प्रदेश सरकारले पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्रको चाहना राखेकोले पत्रकारलाई ढुक्क भएर काम गर्न आग्रह गरे । कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भनेर आलोचना गर्नेले ल्याएको हल्लामा पछि नलाग्न पनि उनले आग्रह गरे ।
ढोरपाटन दैनिकको १५ औं वार्षिकोत्सव एवं बागलुङको समृद्धिको यात्रा बिषयक छलफल कार्यक्रममा शुक्रवार बोल्दै लम्सालले आर्थिक समृद्धिको राष्ट्र निर्माणमा सबै क्षेत्रको सहायोग चाहेको सरकारले लोकतन्त्र बलियो बनाउन चाहेको पनि प्रष्ट पारे ।
‘नेपालका कम्युनिष्ट लोकतन्त्र स्थापनाका लागि जन्मेका हुन, यहाबाट अधिनायकबादको कल्पना गर्न सकिंदैन’ लम्सालले भने, ‘समृद्धिका लागि आवस्यक पूर्वाधार बनाउने अभियानमा लागेकोले अनावश्यक जिज्ञाशाको जवाफ दिने फुर्सद छैन ।’
उनले सवै खाले हल्लाको जवाफ दिंदै हिड्न समेत फुर्सद नभएको बताए ।लामो संघर्ष र परिवर्तनको अनुभूति दिनका लागि सरकारले निरन्तर काम गरिरहेको बताए ।
प्रदेशसभाको नामाकरण गर्ने क्रममा आएका बिरोधलाई समाधान गरेर अब समृद्ध प्रदेशका लागि लागेकोले सरकारको अभियानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे । ‘कालीगण्डकी देखि बुढीगण्डकीको ईतिहास र महत्वलाई बुझेर गण्डकी नाममा पुगेका हौं’ उनले भने, ‘यो कमजोरी हैन, बरु पहिचानको नामाकरण गरिएको हो ।’
उनले जातीय संघियतामा जान नसकिने संकेत गरे । उनले उत्तर दक्षिण कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग नै बिकासको मुख्य आधार भएकोमा जोड दिए ।
गण्डकी प्रदेश तथा बागलुङका लागि समेत यी दुइ राजमार्गले बिकासको ढोका खोल्ने उनले दावी गरे ।

Related