गण्डकी प्रदेश : प्रदेश मातहतका कार्यालय स्थापना शुरू
/२ भाद्र २०७५, शनिबार ०६:०० , प्रकाशीत
कास्की । गण्डकी प्रदेश सरकारले आफ्नो मातहतअन्तर्गतका कार्यालयहरू स्थापना गर्न शुरू गरेको छ । सङ्घीय सरकारले स्वीकृति दिएपछि प्रदेश सरकारले पहिलो कार्यालयका रूपमा बिहीवारदेखि प्रदेश स्वास्थ्य निर्देशनालय सञ्चालनमा ल्याएको छ । प्रदेशमा ४ ओटा मन्त्रालयअन्तर्गत १ सय २ ओटा कार्यालय स्थापना हुनेछन् ।
सङ्घीयता कार्यान्वयनको क्रममा मन्त्रालयअन्तर्गतका कार्यालयहरू स्थापना नहुँदा बजेट कार्यान्वयनमा अन्योलसँगै दैनिक कार्य सम्पादनसमेत प्रभावित भएको थियो । सामाजिक विकास मन्त्रालयअन्तर्गतको निर्देशनालय साबिकको क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा स्थापना गरिएको हो । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्देशनालयको उद्घाटन गरेका छन् ।
उनले भने, ‘अब क्रमिक रूपमा अन्य कार्यालय पनि खुल्दै जानेछन् । सङ्घीयताको अनुभूतिका लागि पहिलेको भन्दा प्रभावकारी र गुणस्तरीय सेवा दिन कर्मचारीसमक्ष आग्रह गर्छु ।’
उनले स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउने बताए । प्रदेशमा पहिलो चरणमा ४ मन्त्रालयका विषयगत कार्यालयहरू खोल्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।
उनका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरू प्रदेशका जिल्लामा पुर्याइनेछ । स्थापना गरिने नयाँ कार्यालयमा आवश्यक कर्मचारी सङ्घीय सरकारको समन्वयमा व्यवस्थापन गरिनेछ ।

Related