गाेरखा अस्पतालकाे बेजोग फार्मेसीमा ‘ज्वरो’को औषधि समेत पाएन् बिरामीले
/३ भाद्र २०७५, आईतवार ०४:०३ , प्रकाशीत
शुभेच्छा न्यूज
गाेरखा / जिल्ला अस्पतालको फार्मेसीमा आवश्यक औषधि नभएको बिरामीले गुनासो गरेका छन् ।
अस्पतालले आफैँ फार्मेसी सेवा सञ्चालन गरे पनि निःशुल्क औषधिसमेत बाहिरबाट किन्नुपरेको बिरामीका आफन्तको भनाइ छ ।
म तीन महिनादेखि बुबाको चेकजाँचका लागि निरन्तर आइरहेको छु, अस्पताल परिसरमा भेटिएका हर्क रानाले भने ‘निशुल्क औषधि पनि बाहिर किनेर लैजानु परेको छ, भित्र पाइँदैन ।’
८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले दाबी गरे पनि एमोक्ससिलिन जस्ता सर्वसुलभ औषधि त्यहाँको फार्मेसीमा छैन ।
देशभरका स्वास्थ्य संस्थामा निःशुल्क भनिएको उक्त औषधि जिल्ला अस्पताल गोरखामा विगत २ महिनायता नभएको अस्पताल स्रोतले बताएको छ ।
सामान्य समस्या ज्वरो, रुघाखोकीका बिरामीले पनि अस्पतालबाट औषधि पाएका छैनन् । फार्मेसीका स्वास्थ्यकर्मीले औषधि छैन भन्दै अनेक आलटाल गरेर बिरामीलाई रित्तै पठाउने गरेको अस्पताल परिसरमा भेटिएका अर्का सेवाग्राही सुमन गुरुङले बताए ।
सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ, उनले भने, अहिले अस्पतालको फार्मेसीमा निःशुल्क भनिएका आधा पनि औषधि छैनन् ।

Related