• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्याङ्जा रुटमा चल्ने ट्याक्सीका चालकाको हत्या गर्ने अभियुक्त समातिए

  •      /३ भाद्र २०७५, आईतवार १४:३२ ,  प्रकाशीत
  • स्याङ्जा । नौ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने अभियुक्तमध्येका एक जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

    स्याङ्जाको गल्याङ नगरपालिका–१ ढाबखोलास्थित सिद्धार्थ राजमार्गमा हत्या गरी शव बाटोबाट तल फालेको अवस्थामा फेला परेको थियो ।

    वडा प्रहरी कार्यालय वालिङले आज पत्रकार सम्मेलन गरी ट्याक्सी चालक पोखरा लेखनाथ महानगरपालिका–३० घर भई सोही महानगरपालिका–१७ मा डेरामा बस्ने १८ वर्षीय सुजन गुरुङको हत्या गर्ने कालीगण्डकी गाउँपालिका–५ बस्ने नेपाली सेनामा कार्यरत ३५ वर्षीय गोविन्द थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    विसं २०६६ चैत २९ गते राति १० बजे पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ३९६० नम्बरको कार रिजर्भ गरी आएको र भाडाका विषयमा विवाद हुँदा गोविन्द थापा र अर्का एक जनाले कार चालकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ ।

    प्रहरीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त थापालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले साउन ११ गते तनहुँको डुम्रेबाट पक्राउ गरेको थियो ।
    onlinekhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.