• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिआइएस पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत

  •      /४ भाद्र २०७५, सोमबार १२:०४ ,  प्रकाशीत
  • पोखरा । सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार प्रकाश ढकाल पुरस्कृत भएका छन् ।

    ११ औं राष्ट्रिय सूचना दिवस अवसरमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, सिआइएस कास्कीका अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनोट समिति संयोजक यदुनाथ बञ्जारा लगायतले उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मानपत्र अर्पण गरे ।

    सूचनाको हकमा पत्रकारितामार्फत उल्लेख्य योगदान पु¥याएकोमा प्रतिभा छनोट समितिको सिफारिसमा ढकाललाई सिआइएसले अनुमोदन गरेको थियो ।

    पत्रकार यदुनाथ बञ्जाराको संयोजकत्वमा छनोट समिति सदस्य पत्रकार प्रेम नेपाली र माधव पनेरु थिए । यसअघि सो पुरस्कारबाट पत्रकार बञ्जारा र कमल पौडेल (अथक) सम्मानित भैसकेका छन् ।

    पुरस्कृत पत्रकार ढकाल हाल आदर्श समाज दैनिकमा संवाददाता र अनलाइन ‘डिएनएन नेपाल’ मा सम्पादक छन् । गोरखा घर भएका ढकाल १० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

    १९ वर्षकै उमेरदेखि पत्रकारिता थालेका ढकालले चितवनको हाम्रो एफएमबाट पत्रकारिता सुरु गरेका हुन् ।

    यसअघि उनले दरौदी दैनिक, सुरुवात दैनिक, हाम्रो गोर्खा सन्देश लगायत पत्रिकामा निरन्तर लेख तथा समाचार लेखेका थिए भने गोर्खा ध्वनी साप्ताहिक, गोरखकाली एफएम, रेडियो तरंग, उज्यालो ९० नेटवर्क, आविष्कार दैनिकमा काम गरिसकेका छन् ।

    तस्विर/सुदर्शन रञ्जित

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.