शुभेच्छा न्यूज पोखरा ।पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन ।
नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार त्यहाँका स्थानियहरुले लखटेका हुन ।
नेपालगन्ज भन्सार कार्यालयमा नियमित ड्युटि दिदै आएका श्रेष्ठले पत्रकारको परिचय दिदै सिमा नाकामा आउजाउ गर्ने ब्यक्तिहरुलाई दुःख दिदै आएका थिए ।
चेकजाँचकालागि खटिएका प्रहरीलाई समेत धम्क्याउँदै आएका श्रेष्ठले सडकमै प्रेस लेखेको गाडी राखेर अनावश्यक निगरानी गर्ने गरेको स्रोतले जनाएको छ ।
सधैंजसो सोमबार पनि सिमानाकामा ड्युटि दिएका श्रेष्ठ र श्रेष्ठको साथमा रहेकी लक्ष्मी चौधरीलाई त्यहाँका स्थानियहरुले लखटेका थिए । आक्रोशित स्थानियहरुले घेराबन्दी गर्न थालेपछि प्रहरीको शरणमा पुगेका श्रेष्ठलाई सकुशल जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो ।
श्रेष्ठका बारेमा बिगतदेखि नै बिभिन्न खाले गुनासो सुनिएको बताउँदै प्रहरी स्रोतले उनिबारे आवश्यक छानविन प्रक्रिया अगाडी बढाईएको बताएको छ ।
श्रेष्ठको नेपाल पत्रकार महासंघ बाँके शाखाबाट कारबाहीमा परेका ब्यक्ति हुन । बिभिन्न अराजक गतिविधिमा संलग्न भएको भन्दै उनको सदस्यता खारेज गरिएको थियो ।
शुभेच्छा न्यूज
पोखरा ।पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन ।
नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार त्यहाँका स्थानियहरुले लखटेका हुन ।
नेपालगन्ज भन्सार कार्यालयमा नियमित ड्युटि दिदै आएका श्रेष्ठले पत्रकारको परिचय दिदै सिमा नाकामा आउजाउ गर्ने ब्यक्तिहरुलाई दुःख दिदै आएका थिए ।
चेकजाँचकालागि खटिएका प्रहरीलाई समेत धम्क्याउँदै आएका श्रेष्ठले सडकमै प्रेस लेखेको गाडी राखेर अनावश्यक निगरानी गर्ने गरेको स्रोतले जनाएको छ ।
सधैंजसो सोमबार पनि सिमानाकामा ड्युटि दिएका श्रेष्ठ र श्रेष्ठको साथमा रहेकी लक्ष्मी चौधरीलाई त्यहाँका स्थानियहरुले लखटेका थिए । आक्रोशित स्थानियहरुले घेराबन्दी गर्न थालेपछि प्रहरीको शरणमा पुगेका श्रेष्ठलाई सकुशल जिल्ला प्रहरी कार्यालय ल्याईएको थियो ।
श्रेष्ठका बारेमा बिगतदेखि नै बिभिन्न खाले गुनासो सुनिएको बताउँदै प्रहरी स्रोतले उनिबारे आवश्यक छानविन प्रक्रिया अगाडी बढाईएको बताएको छ ।
श्रेष्ठको नेपाल पत्रकार महासंघ बाँके शाखाबाट कारबाहीमा परेका ब्यक्ति हुन । बिभिन्न अराजक गतिविधिमा संलग्न भएको भन्दै उनको सदस्यता खारेज गरिएको थियो ।
kanchulikhabar
Related