• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ सेवा शुभारम्भ

  •      /४ भाद्र २०७५, सोमबार १६:२२ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ ।

    सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पु¥याउन सक्नेछन् ।

    गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ ।

    प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

    सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताउनुभयो ।

    मुख्यमन्त्री गुरुङले विकास निर्माण लगायत सरकारले तय गर्ने योजनाका लागि सर्वसाधारणका सुझाव महत्वपूर्ण हुनेमा जोड दिँदै प्राकृतिक विपद् लगायतका समस्याको जानकारीका लागि पनि यो सेवा बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    सेवा शुभारम्भ कार्यक्रममा आज मुख्यमन्त्री गुरुङले फोनमार्फत दुई जना सर्वसाधारणको गुनासोको जवाफ दिनुभएको थियो ।

    उहाँसँग पोखरा सिमपानीका कृष्ण पौडेल र नदीपुरका उपेन्द्र पौडेलले पर्यटन विकास, पर्यटकको सुरक्षा तथा बसाइ लम्ब्याउनुपर्ने जिज्ञासा राख्नुभएको थियो ।

    जवाफमा मुख्यमन्त्री गुरुङले पर्यटनलाई प्रदेशले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै दीर्घकालीन योजनाका साथ सरकार अघि बढ्ने बताउनुभयो ।

    उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या टिपाउनाका साथै मौखिकरूपमा उजुरी दिन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    कार्यालयका सचिव लालमणि ओझाले तत्कालका लागि कार्यालय समय १० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने जानकारी दिनुभयो ।

    नागरिकको गुनासो सुनुवाइका लागि दुई जना कर्मचारी खटिनेछन् भने अन्य समयमा आएको उजुरी सिधै रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको बताइएको छ ।

    यस्तै, जभििय  Hellocm.gandaki.gov.np     र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको इमेल जभिियellocm@gandaki.gov.np मा इमेल गरेर पनि गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.