इण्डोनएशियाको आकासबाट सफलता चुम्ने सपना देख्दै नेपाली प्याराग्लाइडिङ खेलाडी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । इण्डानएशियामा सुरुभएको १८ औ एशियाली खेलकुदमा प्याराग्लाइडिङ तर्फको खेल सोमवारबाट सूरु भएको छ।
नेपालले पदकको लागि आश गरेको प्याराग्लाइडिङ खेल सोमबारदेखि इण्डोनेशियाको पश्चिम जाभाको गुनुङ मास भन्ने स्थानमा शुरु भएको हो ।
प्याराग्लाइडिङ खेलमा नेपालले सोमबार महिला र पुरुष दबै तर्फको इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट तर्फकोे खेलमा प्रतिष्पर्धा गरेका छन ।
१९ देशका १ सय ३० खेलाडीले सहभागिता जनाएको प्याराग्लाइडिङमा महिला पुरुष इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट तर्फ नेपाल दोश्रो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै तेश्रो चरणमा प्रवेश गरेको छ।
नेपालका लागि इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट नयाँ इभेन्ट भए पनि दोश्रो चरणको नतिजा अनुसार पुरुष इन्डिभिजुअलमा २२ अंकका साथ बिजय गौतम तेश्रो स्थानमा छन । उनका अगाडी आयोजक इन्डोनेशिया प्रथम स्थान र दोश्रोमा थाइल्याण्डका खेलाडी छन ।
महिला इन्डिभिजुअल एक्युरेसी तर्फ त्रिशा श्रेष्ठ बमजन छैटौ स्थानमा रहेकी छन । यसैगरि महिला टिम एक्युरेसीमा नेपाल चौथो स्थानमा छ । पुरुष टिम एक्युरेसीमा नेपाल दोश्रो चरण पार गर्दा सम्म आठौं स्थानमा रहेको छ ।
Related