राष्ट्रिय टेनिसमा पोखरेली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन
/६ भाद्र २०७५, बुधबार १४:१३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा / काठमाण्डौमा बुधबारदेखि शुरु भएको एलए कप राष्ट्रिय जुनियर टेसिन प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।प्रतियोगिताको उद्घाटन दिन पोखराका तीन जना खेलाडीहरुले जित दर्ता गराए ।
पहिलो दिनको खेलमा पोखराका दर्शिल श्रेष्ठले स्पर्श श्रेष्ठलाई ४–०, ४–१ ले पराजित गरे । त्यस्तै, निहालजंग थापाले संयम भुषाललाई ४–२, ४–० ले पराजित गरे भने सिर्जन भट्टराईले सक्षम गुप्ताबाट वाकओभर पाएपछि अर्को चरणमा स्थान बनाए ।
पोखराकै आशा लाग्दा अर्का खेलाडी शास्वत बज्राचार्य भने पहिलो खेलमा पराजित हुन पुगे । पहिलो सेट ४–१ ले आफ्नों पक्षमा पारेका बज्राचार्यले दोश्रो र तेश्रो सेट जोगाउन नसक्दा पराजय भोग्न प¥यो । उनलाई आबिर श्रीवास्तवले दोश्रो र तेश्रो सेटको खेलमा ४–२ र ४– २ ले पराजित गरे ।
पोखराका बाँकि खेलाडीहरु बिहिबार प्रतिस्पर्धामा उत्रने टोली व्यवस्थापक प्रदिप खड्काले जानकारी दिएका छन् ।

Related