गण्डकी प्रदेश स्तरिय तेक्वान्दोको प्रशिक्षण सम्पन्न
/६ भाद्र २०७५, बुधबार १४:२५ , प्रकाशीत
पोखरा ।तेक्वान्दो पुम्से तर्फको खेल विद्यालाई प्रदेशमा माथी उठाउन नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा चार दिने पदेश स्तरिय प्रशिक्षण कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ
उक्त प्रशिक्षण कार्यक्रममा नवलपुरका ४ जना, पर्वतका १ जना, म्याग्दीका ३ जना, बागलुङ्गका ४ र कास्कीका २२ जना गरि ३३ जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा दोश्रो डान देखि छैटौं डान सम्मका २९ जना पुरुष र ४ जना महिला खेलाडीहरुले प्रशिक्षण लिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिब रमेश पौडेलले जानकारी दिए ।
यहि भदौ २ गते देखि ५ गते सम्म संचालन भएको प्रशिक्षणमा तेक्वान्दोका प्रशिक्षक, डोजाङ प्रमुख र सिनियर खेलाडीहरुले सभागिता जनाएको महासचिब पौडेलले बताए । सहभागीहरुलाई कोरियन प्रशिक्षक क्वाङ योंग दालले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान वितरण गर्दै गण्डकी प्रदेश सांसद मान बहादुर गुरुङले खेलाडीहरुको शिप, क्षमता र अनुभवलाई राज्यले संधै कदर गर्नु पर्ने धारणा राखे ।
उनले प्रदेशको खेल स्तर संगै खेलाडीहरुको जिवनस्तर माथी उठाउन गम्भिर भएर लागेको समेत बताउँदै भने–“अब खेलाडीले पाएको पदक र प्रमाणपत्र दराजमा थन्काएर खाडी मुलुक जाने दिनको अन्त्य गर्न तर्फ लाग्ने छौ ।”

Related