शुभेच्छा न्यूज
पोखरा । पोखरामा चोरीका घटना दैनिक जसो बढन थालेका छन्। त्यसै क्रममा बुधबार दिउँसो रामबजारको एक घरमा चोरी भएको छ ।
पोखरा १५ रामबजार, मिलन मार्ग निवासी दिलकुमारी वि.क.को घरबाट चोरले साढे ७ तोला सुन ४ तोला चाँदी र नगद १ लाख रुपैंया चोरी भएको प्रहरीले जनाएकोे छ। दिउँसो करिब २ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी चोरी भएको हो ।कोठा फोडेर चोरी भएको भन्दै बिकले प्रहरीमा उजुरी गरेकी छन्।
चोरी गर्ने व्यक्तीको खोजीका लागी सक्रिया बढाएको कास्की प्रहरीले जनाएको छ । चाडपर्वको समय नजिकिदै गएकाले चोरीको घटनाहरु बढन सक्ने भन्दै सर्तक रहन कास्की प्रहरीले सबैलाई आग्रह समेत गरेको छ ।

Related