निर्मला हत्या प्रकरण : एसपी विष्टको जिम्मेवारी खोसियो
/७ भाद्र २०७५, बिहीबार ०५:२६ , प्रकाशीत
कञ्चनपुर- निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाका विषयमा छानविन गर्न सात नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी विक्रम चन्दलाई खटाएको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख तथा एसपी डिल्लीराज बिष्टलाई जिम्मेवारीबाट हटाउँदै प्रदेश प्रदेश प्रहरीले चन्दलाई खटाएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मलाको बलात्कारपछिको हत्यामा संलग्न अभियुक्तलाई बचाउन खोजेको आरोप लागेपछि विष्टलाई जिम्मेवारी विहिन बनाइएको स्रोतले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई पक्राउ गरेर प्ररहीले मुख्य अभियुक्तलाई बचाउन खोजे भन्दै कञ्चनपुरमा केहि दिन यता लगातार प्रदर्शन भइरहेको छ ।
उनीहरुले प्रहरी प्रमुख विष्टले हत्यारा जोगाउन खोजेको भन्दै उनलाई बर्खास्त गर्न समेत माग गर्दै आएका छन् ।
निर्मला हत्या प्रकरणका ‘वास्तविक अभियुक्त’ पक्राउ नपरुन्जेलसम्मका लागि कञ्चनपुर प्रहरीको जिम्मेवारी एसएसपी चन्दले सम्हाल्ने भएका छन् । ७ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरज केसीले एसएसपी चन्दलाई घटनाको अनुसन्धानमा नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको जानकारी दिए ।
निर्मलाको वलात्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो।
विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाएका छन् ।

Related