पोखराका मासु फ्याक्ट्रीबाट मिति सकिएको १६ सय किलो मासु बरामद
/७ भाद्र २०७५, बिहीबार १५:४० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखरामा मासु प्रशोधन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीहरुमा म्याद सकिएको र दुर्गन्धित मासु फेला परेको छ।
जिल्ला अनुगमन समितिले गरेको फ्याक्ट्री अनुगमनका क्रममा पोखराका दुई मासु फ्याक्ट्रीमा मिति सकिएका र सडेर दुर्गन्धित भएको मासु फेला परेको हो।
पोखराका विभिन्न स्थानहरुमा रहेका मासु फ्याक्ट्रीहरुमा टोलीले गरेको अनुगमनको क्रममा करिब १६ सय किलो म्याद गुज्रेको र सडेको मासु जफत गरेको हो।
पोखराको फेमली मिट प्रोडक्टमा अनुगमनको क्रममा करिव ९ सय किलो आइस च्याम्बरमा राखिएको चिकन र बफ मासु दुर्गन्धित अवस्थामा फेला परेको अनुगमन समितिका सदस्य तथा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपीलनाथ कोइरालाले बताए ।
दुर्गन्धित अवस्थमा मासु राखिएको फेला पारेपछि अनुगमन टोलीले मासु जफत गरेको छ । त्यसै गरि पोखरा १७ बिरौटामा गरिएको अनुगमनमा पनि मिति सकिएका मासुको भेटिएका अनुगमन टोलीका सदस्य कोइरालाले जानकारी दिए।
फेवा मिट प्रोडक्ट प्रालि र पोखरा फिष्टेल कोल्ड स्टोर प्रालिमा समेत मिति नाघेका र लेबल समेत नलगाएको मासु फेला परेको उनले बताए ।
फेवा मिट प्रोडक्ट प्रालिबाट एक सय र पोखरा फिष्टेल कोल्ड स्टोर प्रालिमा ५ सय किलो मासु जफत गरि नष्ट गरिएको उनले बताए ।
जिल्ला अनुगमन टोलीका संयोजक कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अनुगमनको क्रममा लेबल नभएको र सडेर दुर्गन्धित भएको मासु जफत गरी नष्ट गरिएको बताए ।

तस्विर गांगा बहादुर क्षत्रीको फेसबुकबाट
Related